२५ जेठ २०८३, सोमबार

विराटनगरबाट ५१ हजार नगदसहित आठ जुवाडे  पक्राउ

विराटनगरबाट ५१ हजार नगदसहित आठ जुवाडे  पक्राउ

विराटनगरबाट ५१ हजार रुपैयाँ नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन् ।  विराटनगर महानगरपालिका ३ मा  तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ जनालाई पक्राउ गरेको हो । 

 मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले उनीहरुको साथबाट ५१ हजार २९८ रुपैया बरामद भएको जानकारी लिए ।  पक्राउ परेकाहरूमाथि जुवा कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्