०९ साउन २०८३, शनिबार

पेट्रोलपम्पका शौचालय प्रयोगका विषयमा छलफल

पेट्रोलपम्पका शौचालय प्रयोगका विषयमा छलफल

विराटनगर महानगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित आज छलफल गरेको छ । 

विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए । 
    
उपप्रमुख शिल्पा निराला कार्कीले पनि पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिएबापत महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 
“सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन तयार छौँ, तर सार्वजनिक नै भनेर लेखेरै प्रयोगमा ल्याउँदा समस्या आउँछ”, पेट्रोलिय डिलर्स एशोसिएसनका प्रदेश महासचिव रुद्र कार्कीले भने, “संवेदनशील क्षेत्र भएकाले चुरोट खाने, जथाभावी फोहर गर्ने समस्या आउनसक्छ त्यसतर्फ पनि सचेत हुनुपर्छ ।” 


 

salt training

कमेन्ट गर्नुहोस्