१० साउन २०८३, आइतबार

निजामती सेवासम्बन्धी विधेयक प्रस्तुत

निजामती सेवासम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’लाई दफाबार छलफलका लागि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ ।
  
प्रदेशसभाको आजको बैठकले भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीले दफाबार छलफलका लागि उक्त विधेयकलाई अर्थ, विकास तथा प्राकृति स्रोत समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । 
  
बैठकमा विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले समितिमा दफाबार छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । निजामती सेवाको गठनसम्बन्धी यो विधेयक विसं २०७८ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो । 
 
सभामुख अर्जुनबहादुर थापाले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकसँग प्रदेशको निजामती सेवासम्बन्धी विधेयक बाझिएको हकमा यो विधेयकलाई संशोधन गर्न सकिने हुँदा दर्ता भएको विधेयकको बाँकी प्रक्रिया अघि बढाइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्