२९ असार २०८३, सोमबार

आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार बिहान  सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ र  बागमती प्रदेशको एक दुई स्थानमा  वर्षाको भइरहेको छ।

यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ।

salt training

कमेन्ट गर्नुहोस्