कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी २ वर्षीया छोरी मानुषी भट्ट शुक्रवार बिहान नहरमा मृत भेटिएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीवारदेखि हराइरहेकी बालिका शुक्रवार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृत अवस्थामा भेटिएको बताए ।
‘हराइरहेकी बालिकाको शव स्थानीयको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो,’ उनले भने, ‘अहिले घटनास्थल मुचुल्का संकलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौं ।’
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।