२२ असार २०८३, सोमबार

युक्रेनले अमेरिकी हतियारको रेकर्ड परम्परागत कागजमै राख्ने

भदौ १०, २०७९
युक्रेनले अमेरिकी हतियारको रेकर्ड परम्परागत कागजमै राख्ने

युक्रेनी अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेका हतियार र अन्य सैन्य उपकरणहरूको सही स्थानलाई पिन गर्न असमर्थ  रहेको  बताएका छन् ।  
त्यस बारे सबै  विवरण कागजमा उल्लेख गरिएको रक्षा विभागका कार्यवाहक महानिरीक्षक सीन ओ'डोनेलले ब्लूमबर्गलाई बताएका छन् ।

अधिकारीका अनुसार युक्रेनले "हाते रसिदहरू" प्रयोग गरेर हतियारहरूको अभिलेख राख्ने गरेको बताएका छन् । "यो सबै कागजी हो," अधिकारीले स्वीकार गर्दै भनेका छन् हतियारहरू कहाँ पुग्छन् भन्ने बारे कागजी रेकर्डमै आधारित भएको बताएका छन् । 

उपयुक्त अभिलेखको अभावले  हतियारको  प्रसारणमा  शङ्का गर्ने ठाँउ देखिए पनि  नेटो अधिकारीहरूले भने "हतियार हस्तान्तरणको सुरक्षा व्यवस्थापन यथेष्ट रहेको" बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्