×

NMB BANK
NIC ASIA

बाँके निकुञ्जमा पर्यापर्यटन प्रवद्र्धन अभियान सञ्चालन

भदौ ११, २०७९

NTC
Premier Steels

बाँके राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । 

Muktinath Bank

निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि प्रकृति तथा संस्कृतिमा असर नपर्ने गरी संरक्षण गतिविधिमा स्थानीय जनसहभागिता बढाउने र जीवजन्तु तथा सांस्कृतिक सम्पदा जस्ता विविध पक्षलाइ समेट्ने क्रियाकलाप भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्यापर्यटन प्रवद्र्धनमा जोड दिन थालिएको छ । वन्यजन्तु र मानवबीच हुने द्वन्द्वलाई निकुञ्जका साथै सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सहकार्यबाट न्यूनीकरण गर्दै आएका छन् । नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले छोटो अवधिमै संरक्षणमा फड्को मार्दै पर्यापर्यटन प्रवद्र्धनका लागि अगाडि बढेको छ । निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । बाघ संरक्षणको मुख्य उद्देश्य रहेको बाँके निकुञ्जमा बाघको संख्या बढेर २५ पुगेको छ ।  


Advertisment
Nabil box
Kumari

बाँके राष्ट्रिय निकुञ्ज पर्यापर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकाय जुर्मुराउन थालेका छन् । सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन विकास गर्न लागिएको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष सावित्रा पुनले बताए ।

Vianet communication

बाँके निकुञ्ज नेपालका १०० गन्तव्यमा ५७औं स्थानमा पर्दछ । विक्रम संवत् २०६७ सालमा बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुञ्जमा २०१३ मा गणना गर्दा ४ बाघ थिए भने २०२२ को गणनामा त्यो संख्या बढेर २५ पुगेको निकुञ्जले जनाएको छ । 

जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यापर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए ।

करीब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी, चरा, सरिसृप, प्रजाति पाइन्छ । मुख्यतः बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति पनि एक विशेषताका रूपमा देखिएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा जीप, हात्ती सफारी, जंगल भ्रमण, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, र्‍याफ्टिङ लगायतका प्याकेजले आन्तरिक पर्यटन प्रवद्र्धन हुँदै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x