२७ जेठ २०८३, बुधबार

निर्वाचन आयोगले आइतवारदेखि मतदाता नामावली अद्यावधिक गर्ने

निर्वाचन आयोगले आइतवारदेखि मतदाता नामावली अद्यावधिक गर्ने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आइतवारदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । शनिवार आयोगले सूचना प्रकाशन गर्दै आइतवारदेखि मतदाता नामावली अद्यावधिक गर्ने जानकारी गराएको हो । 

आयोगले जारी गरेको सूचनामा मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि वडा कार्यालय र निर्वाचनका कार्यलयमा मतदाता नामावली प्रकाशन गरिने उल्लेख छ । मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, मतदाताको मृत्यु भइसकेको हकमा नाम हटाउन, दुई वा त्यसभन्दा बढी स्थानमा नाम भएमा कुनै एक ठाउँमा कायम गराउने लगायतका काम गरिने आयोगले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्