२१ असार २०८३, आइतबार

नेपाल–भारत सम्बन्ध जनस्तरदेखि नै प्रगाढ छ : प्रवक्ता कार्की

नेपाल–भारत सम्बन्ध जनस्तरदेखि नै प्रगाढ छ : प्रवक्ता कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र भारतको सम्बन्ध जनस्तरदेखि सरकारसम्म प्रगाढ रहेको बताएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा आज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “नेपाल–भारत सम्बन्ध सरकार र सरकारबीचमा मात्र नभई जनता र जनताबीच प्रगाढ रहिआएको छ ।”

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नेपालको विकासमा भारत सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै नेपालको समृद्धि र विकासमा भारतको महत्वपूर्ण भूमिका रहीआएको बताए । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बहुआयामिक एवं बहुसांस्कृतिक रहेको बताए । 

भारतको जोगवनीदेखि फारबिसगञ्जको बीचमा रहेको मीरगञ्ज पुलका कारणले दुई देशबीच हुँदै आएको व्यवसायमा केही बाधा आएकाले उक्त समस्या समाधान गर्नका लागि भारत सरकारसँग कुराकानी भइरहेको उनले जानकारी दिए । 
उक्त कार्यक्रममा सङ्घीय संसद् सीताराम मेहता, जिल्ला समन्वय समितिका सभापति राजन मेहता, उपसभापति कमला दाहाल खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल, भोक्राहा गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहतालगायतको सहभागिता थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्