१० साउन २०८३, आइतबार

मन्त्री यादवले गरे भ्लादिभोस्तोक भ्रमण रद्द

मन्त्री यादवले गरे भ्लादिभोस्तोक भ्रमण रद्द

वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमवारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलन भ्लादिभोस्तोक भ्रमण रद्द गरेका छन् ।

मन्त्रालय तथा अन्य विभिन्न क्षेत्रका महत्त्वपूर्ण कार्य गर्न बाँकी रहेको उल्लेख गर्दै उनले बाघ सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भ्रमण रद्द गरेका उनको स्वकीय सचिवालयले जनाएको छ ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भ्लादिभोस्तोकमा हुने ‘दोस्रो अन्तर्राष्ट्रिय बाघ बैठक’को नेतृत्व मन्त्री यादवले गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले मन्त्री यादवसहित मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल र निकुञ्ज विभागका निवर्तमान महानिर्देशक रामचन्द्र कँडेलको भ्लादिभोस्तक भ्रमण स्वीकृत गरेको थियो । 

राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्लादिभोस्तकमा सक्रिय सहभागिता जनाउन वन तथा वातावरण मन्त्रालयलाई यसअघि नै निर्देशन दिएका थिए । बाघ सम्मेलनमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित बाघ संरक्षण तथा अनुसन्धानमा सहयोगी प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी सहभागी हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्