
हिमालयन क्यापिटल लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडबीच धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाली बजारमा पुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरू प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटलले नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दीर्घकालीन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङमा समन्वय गर्ने उद्देश्यले स्थापित संस्था नेपाल वेयरहाउजिङको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशन गर्ने उद्धेश्यले निष्कासन तथा बिक्री प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेको हो ।
सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी नेपाल वेयरहाउजिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकूल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दीर्घकालीन खाद्य सुरक्षामा योगदान गर्ने उद्धेश्यले अग्रसर रहेको नेपाल वेयरहाउजिङमा औद्योगिकीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आइरहेका प्रख्यात व्यवसायिक घरानाहरू र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरूको लगानी रहेको छ ।
कम्पनीले प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टनका आधुनिक साइलोहरूमार्फत कृषकहरूलाई अन्न भण्डारणको सुविधा प्रदान गर्नेछ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सिङ गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।