
जापोरिझझियामा रहेको आणविक भट्टीको निरीक्षण गर्न पुगेको टोलीसँग पत्रकारको भेषमा प्रवेश गर्न खोजेका युक्रेनी जासूसहरूको प्रयास विफल भएको छ ।
उक्त क्षेत्र अहिले रुसको नियन्त्रणमा छ । भट्टीमा युक्रेनले लगातार आक्रमण गरी युरोपमा विकिरण फैलने जोखिम बढाएको छ ।
संयुक्त राष्ट्रसंघको इन्टरनेसनल एटमिक इनर्जी एजेन्सी (आईएईए) को एक टोली जापोरिझझिया आणविक भट्टीको निरीक्षण गरेर फर्किएको छ ।
आफूहरूलाई निरीक्षणका क्रममा सुरक्षा दिएको भन्दै आईएईएले रुसलाई धन्यवाद दिएको छ ।
युक्रेनले आईएईएको टोलीलाई भट्टीको भ्रमण गर्न दिन आनाकानी गरिरहेको थियो । आणविक भट्टीमा आक्रमण गरेको प्रमाण टोलीले फेला पार्ला भनी युक्रेन डराएको बताइएको छ ।