२२ असार २०८३, सोमबार

आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

शनिबार बिहान प्रदेश १, बागमती प्रदेश,  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम पूवार्नमान महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

यस्तै दिउँसो प्रदेश १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

यस्तै राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेश का केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्