०३ असार २०८३, बुधबार

नितीश कुमारलाई झड्का, विधायकहरू पार्टी परित्याग गरी भाजपामा प्रवेश

नितीश कुमारलाई झड्का, विधायकहरू पार्टी परित्याग गरी भाजपामा प्रवेश

बिहारमा भारतीय जनता पार्टी (भाजपा) को साथ छाडेर महागठबन्धनमा सामेल भएका मुख्यमन्त्री नितीश कुमारलाई मणिपुरमा झड्का लागेको छ ।

मणिपुरमा जेडीयूका ५ विधायक पार्टी परित्याग गरी भाजपामा प्रवेश गरेका छन् । त्यहाँ जेडीयूका ६ विधायक थिए ।

जेडीयूले पार्टी प्रवेशलाई असंवैधानिक भनेको छ भने भाजपाले स्वागत गरेको छ । मणिपुर विधानसभाका सचिव मेघजीत सिंहले ५ विधायकले भाजपा प्रवेश गरेको स्वीकारेको जानकारी दिए । यसै वर्ष भएको विधानसभा चुनावमा ३८ मध्ये ६ सिट जेडीयूले जितेको थियो ।

भाजपा प्रवेश गर्ने विधायकमा केएच जयकिशन, एन सनाते, मोहम्मद अछबउद्दीन, एएम खाउटे र अरुण कुमा रहेका छन्  यससँगै भारतका पूर्वाेत्तर राज्यमा जेडीयू कमजोर हुँदै गएको देखिएको छ । यसअघि अरुणाञ्चलमा जेडीयूका एक्ला विधायक भाजपामा प्रवेश गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्