
अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौँ शाखा विस्तार गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८, सुख्खानगरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा केएफसीको नयाँ शाखा खोलिएको हो । केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रूपमा परिचित छ । यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।
केएफसी.ले आफ्ना ग्राहकका लागी विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागी विश्वस्तरीय सुरक्षा नीतिसमेत अवलम्बन गरको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दूरी र कन्ट्याटलेस सेवाजस्ता मापदण्डलाई अनिवार्य गरिएको छ ।
रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलीकरण गर्ने गर्दछ । केएफसीका कर्मचारीहरूले हरेक ग्राहकलाई सेवा दिएपश्चात आफ्ना हात र झोला निर्मलीकरण गर्ने गर्दछन् । हरेक ग्राहकबीच ६ फिटको सामाजिक दूरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारीबीच समाजिक दूरी कायम राख्न स्टिकरलगायत समानको प्रयोग गरी अझ ब्यवस्थित गरिएको छ ।
१ हजार ८८० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरूले सेवा लिन सक्नेछन् । रेस्टुरेन्टले हाल बिहान १० बजेबाट रातको १० बजेसम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज डिलमार्फत घरै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन सकिनेछ ।