२२ असार २०८३, सोमबार

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

नेकपा एमालेका उप–महासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ फेरि पनि प्रदेश सभा सदस्यकै लागि उम्मेदवार सिफारिस भएका छन् । 

२०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा सदस्यको चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका गुरूङ यस पटक प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने चर्चा थियो । 

शनिवार सम्पन्न एमाले लमजुङको बैठकले गुरूङलाई लमजुङको प्रदेश क्षेत्र (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस गरेको हो । 

एमाले लमजुङका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी पनि गुरूङसँगै प्रदेश सभा सदस्यको उम्मेदवारका सिफारिस भएका छन् । प्रदेशसभा (क) तर्फ धनन्जय दवाडी, राजकुमार विष्ट र जितबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

लमजुङमा प्रतिनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । एमाले लमजुङले प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि भने संविधानसभा सदस्य भइसकेका जमिन्द्रमान घले र सुवास पौडेलको नाम सिफारिस गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्