
स्पेन,१६ साउन – नेपाली लोक संस्कृति राष्ट्रिय लोकबाजा बाँसुरीको धुनमा रमाईलो लिँदै नेपाली र स्पेनिशहरु बार्सिलोनामा झुमेका छन् ।
बाँसुरी बादक विनोद कटुवालको बाँसुरीको धुनमा आईतबार युरोपको प्रसिद्ध पर्यटकीय शहर स्पेनको बार्सिलोनामा नेपाली र स्पेनीश संगितमा रमाएका छन् ।
विश्व कलाकार संघ स्पेनको आयोजनामा आईतबार साँझ विनोद कटुवालको एकल सा“झमा स्पेनीश नागरिकहरुको ब्यापक सहभागिता समेत रहेको थियो ।
नेपाली राष्ट्रिय लोकबाजाका सर्जक विनोद कटुवाललाई स्पेनका चर्चित ब्याण्ड ओनिकोरी उन समुह, जुवान कोन्डाल समुह, मारेयास समुह तथा स्थानीय नेपाली कलाकारहरु अजय लोप्चन, नरेश कार्की, पेम्बा छोटी गोले शेर्पाले विनोद कटवाललाई भरपुर साथ दिएका थिए ।
.jpg?1501502143277)
बाँसुरी नै आफ्नो जिवन बताउने विनोद कटुवाल भन्छन् मेरो बाँसुरी मोहलाई साथ दिने नेपाली तथा स्पेनीश मनहरुलाई नमन् गदै कार्यक्रममा विशेष सहयोग गर्ने विश्व कलाकार संघ स्पेन र युरो एसिन कोसिना देउराली रेस्टुरेष्टलाई विशेष धन्यबाद ब्यक्त गरेका छन् ।
कार्यक्रममा जुवान कोन्डालले नेपाली भजन सिताराम सिताराम गाएका थिए भने मारेयास समुहले विश्व म्युजिकलाई मिसाएर म्युजिक धुन गाएका थिए । नेपाली पाठशालाले बालबच्चाहरुको नृत्य प्रस्तुत गरेका थिए । विश्व कलाकार संघ स्पेनले नेपाली चर्चित गित ’रेशम फिरिरि रेशम फिरिरि,सानुमा सानु गाईको बच्छो पिडिमा’ बोलको गितबाट स्पेनिश तथा नेपाली समुदायलाई भरपुर मनोरञ्जन दिएका थिए ।
विनोद कटुवालले ’अन्तराष्ट्रि संगितमा बाँसुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगितमा धुन भर्दै आएका विनोद कटवालले बार्सिलोनाको शिशिलियामा स्पेनेशी तथा नेपालीलाई नचाए ।’ बाँसुरी बादक विनोद कटवाल विभिन्न मुलुक ’लण्डन,हङ्गगेरी,जर्मनी,जापान,पोर्तुगाल,इटाली,ताइवान लगायत देशहरुमा आफ्नो बाँसुरीको धुन अन्तराष्ट्रि संगितमा पनि बा“सुरीको धुन मिसाएर शसक्त बनाउन सफल भएका छन् ।’
आईतबार साँझ अन्तराष्ट्रिय म्युजिक ब्याण्डमा आफ्नो बाँसुरीको धुन भरेर आफ्नो कौशलतालाई प्रर्दशन गदै स्पेनिश तथा नेपालीको मन छोएका थिए । कार्यक्रममा स्पेनीश तथा नेपालीहरुको ब्यापक जन सहभागिता रहेको थियो ।