०७ साउन २०८३, बिहीबार

इंग्लिस प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर

भदौ १९, २०७९
इंग्लिस प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । 

शनिवार राति भएको खेलमा सिटीले एस्टन भिल्लासँग १-१ गोलको बराबरी खेलेको हो ।

एस्टनको मैदानमा शुरूआती एक गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो ।

यस बराबरीसँगै सिटीले ६ खेलमा १४ अंक जोडेको छ ।

सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

एस्टन ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्