२९ असार २०८३, सोमबार

भाइरल भयो ब्रह्मास्त्रको नयाँ प्रोमो [भिडियो]

भदौ १९, २०७९
भाइरल भयो ब्रह्मास्त्रको नयाँ प्रोमो [भिडियो]

बलिउडको बहुप्रतीक्षित चलचित्र ‘ब्रह्मास्त्र’ सार्वजनिक हुने मिति नजिकिँदै छ ।

भारतमा यस चलचित्रका लागि अग्रिम बुकिङ समेत शुरू भइसकेको छ ।

चलचित्र सेप्टेम्बर ९ मा हलमा आउने छ ।

यसैबीचमा चलचित्र निर्माता टिमले एक प्रोमो सार्वजनिक गरेको छ । 

टिमले यसअघि नै टिजर र ट्रेलर सार्वजनिक गरेको थियो । 

टिजर र ट्रेलर दुवै निकै नै रुचाइएपछि फेरि अर्को प्रोमो सार्वजनिक गरिएको हो । 

चलचित्रको एक सीनमा रणवीर कपूरले आफ्नो शक्ति अग्नि अस्त्रको प्रयोग गरेका छन् । जसलाई दर्शकले निकै नै रूचाएका छन् । 

ब्रमास्त्रको ट्रेलरमा अस्त्र वर्सबारे बयान दिँदै अयान मुखर्जीले ७ अस्त्रको कुरा गरेका छन् । 

नयाँ प्रोमोमा पनि यस्तै अस्त्र नै देखाइएको छ । 

शनिवार सार्वजनिक नयाँ प्रोमो अहिले निकै नै रुचाइएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्