०७ साउन २०८३, बिहीबार

बारामा उद्योग लुट्न गएका डाँका समूह र प्रहरीबीच गोली हानाहान

बारामा उद्योग लुट्न गएका डाँका समूह र प्रहरीबीच गोली हानाहान

बारामा उद्योगमा लुटपाट गर्न गएका डाँका समूह र प्रहरीबीच भिडन्त भएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न गएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो  ।

डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।  

उनका अनुसार घटना शनिवार राति १२ बजे आसपासको हो । 

घटनामा दोहोरो गोली हानाहान हुँदा एक जना डाँका र एक जना प्रहरी घाइते भएको एसपी बोगटीले जानकारी दिए । 

घटनास्थलबाट २ जना डाँकालाई पक्राउ गरिएको समेत उनले बताएका छन् ।  उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

यस्तै घरेलु बन्दुक तथा कटुवा पेस्तोल एक/एक थान र तीन राउण्ड गोली बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्