×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

एमाले-राप्रपा सम्भावित तालमेलले गृहमन्त्री अप्ठ्यारोमा, कुर्दै दीपक बोहोराको 'मुभ'

भदौ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवाका उत्तराधिकारीका रूपमा आफूलाई प्रस्तुत गर्दै आइरहेका गृहमन्त्री बालकृष्ण खाँणको नाम रूपन्देही– २ बाट पनि प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिश भएपछि जिल्लामा राजनीतिक तरंग आयो ।

Muktinath Bank

सरकारको दोस्रो वरीयतामा रहेका खाँण रूपन्देही– ३ छाडेर अर्को निर्वाचन क्षेत्रको खोजीमा रहेको चर्चा हुने गरेको थियो । सधैँ शक्तिमा रहिरहन खोज्ने खाँणको नाम रूपन्देही– २ मा पहिलो नम्बरमा राखेर सिफारिश भएपछि त्यसको पुष्टि भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६४ यताका कुनै पनि निर्वाचनमा हाल रूपन्देही– २ मा पर्ने भुगोल (बुटवल क्षेत्र) बाट एमाले उपाध्यक्ष विष्णु पौडेलले हार बेहोर्नुपरेको छैन । पौडेलले सहजै चुनाव जित्दै आएको क्षेत्रमा खाँणको नाम सिफारिश हुनुले धेरैलाई अचम्ममा पारेको छ ।


Advertisment
Nabil box
Kumari

कांग्रेस स्रोतका अनुसार रुपन्देही– ३ मा एमाले र राप्रपाबीचको सम्भावित तालमेलले चुनौती थपिन सक्ने चिन्ता खाँणलाई छ । त्यो क्षेत्रमा राप्रपा दीपक बोहोराको राम्रो प्रभाव छ ।

Vianet communication
Laxmi Bank

अघिल्लोपटक वाम गठबन्धन हुँदा खाँण उक्त क्षेत्र दीपक बोहोरालाई छाडेर समानुपातिकमा बसेका थिए । तर, चुनावमा बोहोरालाई वाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम भुसालले पराजित गरे ।

एमालेका बौद्धिक नेता भुसालले अहिले चुनाव लड्न खासै रुचि नदेखाएको चर्चा छ । एमाले र राप्रपाबीच गठबन्धन भएमा दीपक बोहोरा उम्मेदवार बन्ने सम्भावनाले खाँणलाई झस्काएको छ ।

राप्रपाले यस क्षेत्रमा आफ्नो १५ हजार भन्दा बढी मत रहेको दाबी गर्ने गरेको छ ।

गएको स्थानीय निर्वाचनमा रुपन्देही– ३ बाट राप्रपाले १३ हजार ३९७ मत ल्याएको थियो । यो उक्त पार्टीका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको कुल योगफल हो ।

यस्तै कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवावदीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका थिए ।

सत्ता गठबन्धनको मत जोड्दा ४४ हजार १९४ हुन आउँछ । एमाले र राप्रपाको मत योगफल ४२ हजार ४४५ छ । लोसपाको मत कता जान्छ यकिन छैन । 

स्थानीय तहको तथ्यांकले गृहमन्त्री खाँणलाई ढुक्क हुने स्थिति छैन । सोही कारण एमाले–राप्रपा तालमेल हुने स्थितिमा गृहमन्त्री खाँणले कुनै अर्को क्षेत्रबाट उम्मेदवारी दिनसक्ने चर्चा छ ।

पार्टीभित्रको गुटबन्दी चुनावका बेला बाहिर आउन सक्ने जोखिम पनि उनले देखेका छन् । 

अहिले प्रतिनिधिसभा/प्रदेशसभाका उम्मेदवार सिफारिशका क्रममा पनि कांग्रेस रूपन्देहीमा विरोधका स्वर सुनिन थालेका छन् ।  

खाँणकै गृहनगर तिलोत्तमामा संस्थापनइतर समूह सशक्त छ । राज्य पुनःसंरचनामा भैरहवा (सिद्धार्थनगर) सहितको क्षेत्र अहिले रूपन्देही– ३ मा पर्छ ।

भैरहवा राप्रपा नेता दीपक बोहोराको गृहनगर हो । त्यहाँ एमाले र कांग्रेसको संगठन बराबर हैसियतमा छ ।

एमालेसँगको अनौपचारिक छलफलमा राप्रपाले रूपन्देही– ३ वा रूपन्देही– १ मध्ये एउटा क्षेत्र आफूहरूलाई दिनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

यी दुवै क्षेत्र यस अगाडि एमालेले जितेको हो । दुवै क्षेत्रमा राप्रपाको संगठन राम्रै छ ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा रूपन्देही– १ बाट नै प्रत्यक्ष चुनाव लड्ने गरी तयारीमा छन् । रूपन्देही– ३ वा रूपन्देही– १ मध्ये कुनै एउटा क्षेत्रबाट चुनाव लड्ने गरी राप्रपा वरिष्ठ नेता दीपक बोहोराले पनि चुनावी तयारी थालेका छन् । 

स्थानीय चुनावमा रूपन्देही– १ बाट कांग्रेसले ३२ हजार ९९९, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, र नेकपा एसले १२४३ मत पाएका छन् । लोसपाको मत ३२५ छ । यो वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत हो ।

सत्ता गठबन्धनको कुल मत ४५ हजार १३९ हुन्छ भने एमाले र राप्रपाको मत योगफल ४४ हजार ९४६ हुन आउँछ । एमाले–राप्रपा गठबन्धनले यस क्षेत्रमा पनि सत्ता गठबन्धनमाथि चुनौती थप्ने निश्चित छ । रुपन्देही– ३ बाट १ मा मतदाता नामावली सारेका खाँण यस क्षेत्रमा उम्मेदवार बन्न पनि राप्रपाको मत नै बाधक बन्ने अवस्था आएको चर्चा छ ।

तर, रूपन्देही क्षेत्र नम्बर ३ का कांग्रेस सपभाति सुशील गुरुङ गृहमन्त्रीको क्षेत्र परिवर्तनको सम्भावना कम देख्छन् । ‘उहाँ (खाँण)लाई कसैसँग डर छैन, कांग्रेस आफँैमा बलियो छ,’ गुरुङले लोकान्तरसँग भने, ‘नेतृत्व जुन ठाउँबाट चुनावी प्रतिस्पर्धा गर्ने हो त्यहीँ केन्द्रित हुन्छ । अहिले गृहमन्त्री क्षेत्र नम्बर– ३ मै केन्द्रित हुनुहुन्छ ।’ सभापति गुरूङले क्षेत्र नम्बर ३ बाट खाँणबाहेक अरू कोही पनि आकांक्षी नदेखिएकाले उनको एकल नाम सिफारिश हुनसक्ने बताए ।

भातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरूण दलको राजनीति हुँदै पार्टी राजनीतिमा देउवाका सारथि बनेका खाँण एमाले उपाध्यक्ष पौडेलसँग सकभर भिड्न नपरोस् भन्ने चाहन्छन् । अहिलेसम्म पौडेल र खाँणको मित्रवत् व्यवहार नै देखिन्छ ।

तर, स्थानीय निर्वाचनमा बुटवलमा कांग्रेसले जीत निकालेकाले खाँणलाई रुपन्देही– २ मा ल्याउन कांग्रेसको एउटा पंक्ति लागिपरेको छ । उनी अहिले पार्टीभित्र र गठनबन्धनलाई पनि सन्तुलनमा राखेर अगाडि बढन खोजिरहेका छन् । खाँणको प्राथामिकता पनि रूपन्देही– २ होइन । 

एमाले रूपन्देहीका सचिव यज्ञ गैरेले जिल्लाको परिवेश अनुसार राप्रपासहित अन्य दलसँग चुनावी तालमेल गर्न एमालेले खुला छलफल अगाडि बढाएको बताए ।

‘राप्रपासँग तालमेल हुँदा क्षेत्र नम्बर १ र ३ मध्ये एउटा छाड्नुपर्ने अवस्था आउन सक्छ भन्ने विषयमा एमालेले ‘माइन्ड मेकअप’ गरेको छ,’ उनले भने ।

क्षेत्र नम्बर– १ मा एमाले सचिव विश्वकर्माले चुनावी तयारी थालिसकेका छन् । उनी राप्रपालाई छाडेर समानुपातिकमा बस्न तयार देखिएका छैनन् ।

रूपन्देहीका सबै क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको एमालेले क्षेत्र नम्बर– १ का पालिकामा स्थानीय निर्वाचनमा जीत हात पारेको छ । राप्रपाको पनि क्षेत्र नम्बर– ३ भन्दा १ मा संगठन बलियो छ ।

बहुदल आएप्छि २०४८ सालमा पहिलो आम निर्वाचनमा खाँण बुटवलबाटै उम्मेदवार भएका थिए । त्यसबेला उनले पुराना कम्युनिस्ट नेता एमाले उम्मेदवार केशरमणि पोखरेललाई पराजित गर्न सफल भएका थिए । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका मोदनाथ प्रश्रितसँग खाँण पराजित भए । 

त्यसपछि उनी २०६४ सालमा भएको संविधानसभाको चुनावमा तत्कालीन रूपन्देही– ३ अर्थात मणिग्राम क्षेत्रबाट उम्मेदवार बने । त्यतिबेला उनले एमाले नेता लीला गिरीलाई पराजित गरे ।

२०७० सालमा एमाले नेता घनश्याम भुसाललाई पराजित गरेर खाँणले बाजी मारे । २०७४ मा परिस्थिति फेरियो ।

वाम गठबन्धन भएपछि खाँण चलाखीपूर्वक समानुपातिकमा बसे अनि राप्रपाका दीपक बोहोरालाई सघाए । बोहोरा एमाले नेता भुसालसँग पराजित भए ।

गृहमन्त्री खाँण र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह र पूर्व राज्यमन्त्री अब्दुल रज्जाक एउटै समूहमा भए पनि जिल्लामा तीनै नेताको अलग–अलग गुटगत समूह छन् । रज्जाकलाई कांग्रेसले क्षेत्र नम्बर १ बाट एकल नाम सिफारिश गरिसकेको छ । 

खाँण सकेसम्म दीपक बोहोरा रूपन्देही ३ बाट नलडून् भन्ने चाहन्छन् । बोहोराको चाहना पनि हेभीवेट उम्मेदवारसँग भिड्न नपरोस् भन्ने नै देखिन्छ ।

राप्रपाका सहायक महामन्त्री ताहिर अलीले दीपक बोहोरा क्षेत्र नम्बर १ बाट नै चुनाव लड्ने निचोडमा पुगेको बताए ।

उनले लोकान्तरसँग भने, ‘क्षेत्र नम्बर १ मा हाम्रो मत २० हजार छ । क्षेत्र नम्बर ३ मा ‘नियर अबाउट’ १५ हजार छ । उहाँ (बोहोरा) १ बाट नै उठनुहुन्छ होला । त्यहीअनुसार एमालेसँग छलफल भइरहेको छ ।’

स्थानीय तह निर्वाचमा क्षेत्र नम्बर १ का रोहणी गाउँपालिकामा उपाध्यक्षसहित ४ वटा वडा, देवदह नगरपालिका २ वटा वडा र ओमसतियामा १ वटा वडामा राप्रपाले जीत निकालेको छ । 

एमाले देवदह नगर इञ्चार्ज यम रानाले छविलाल विश्वकर्मालाई क्षेत्र नम्बर १ नछाड्न कार्यकर्ताबाट ठूलो दबाब रहेको बताए ।

उनले भने, ‘केन्द्रबाट अन्य क्षेत्रबाट लडनुहोस् भन्ने आए फरक कुरा हो, नत्र उहाँले क्षेत्र नम्बर १ छाड्नुहोला जस्तो लाग्दैन ।’

घनश्याम भुसाल जिल्लामा सक्रिय नहुँदा एमालेबाट क्षेत्र नम्बर ३ मा तिलोत्तमाका निवर्तमान मेयर बासुदेव घिमिरेले इच्छा देखाएका छन् ।

अहिले सबै दलहरू आ–आफ्नो पार्टीमा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार सिफारिशमा जुटेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x