×

NMB BANK
NIC ASIA

चोलेन्द्रले आरोप लगाएका व्यक्तिहरूबारे छानबिन गर्न विशेष समिति गठनको तयारी

भदौ १९, २०७९

NTC
Premier Steels

संसदको महाभियोग सिफारिस समितिले न्याय क्षेत्रका विशेषज्ञहरूसहितको छुट्टै विशेष समिति बनाउने तयारी गरेको छ । समितिका सदस्यसमेत रहेका सांसद प्रमोदकुमार साहका अनुसार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका व्यक्तिहरूसँग पनि सोधपुछ गर्नुपर्ने हुनाले विशेषज्ञको टिम गठन गर्ने तयारी भएको हो । 

Muktinath Bank

‘उहाँ(जबराले) बयानका क्रममा आफ्नै सहकर्मी न्यायाधीशहरूदेखि नेपाल बारका पदाधिकारीसहित विभिन्न व्यक्तिहरूलाई मुछ्नु भएको छ’, साहले लोकान्तरसँग भने, ‘ती व्यक्तिहरूसँग पनि सोधपुछ गर्नुका साथै विभिन्न कागजातहरूको अध्ययन गर्नका लागि कानून तथा न्याय क्षेत्रका विज्ञहरूको टिम गठन गर्ने समितिले सोच बनाएको हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निलम्बित प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले लिएको बयान ११औँ प्रश्नमा पुगेर तेस्रो दिन आइतवारका लागि स्थगित भएको छ । जबराले आइतवार ४ वटा प्रश्नको जवाफपछि सांसदहरूको कार्यव्यवस्तताका कारण बैठक स्थगित भएको समिति सदस्य एकवाल मियाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘आज ७ देखि ११ नम्बरसम्मका प्रश्नका सम्बन्धमा बयान सकियो,’ मियाले भने, ‘सांसदहरूको चुनावी तयारी, उम्मेदवार सिफारिसको काम आदि कारणले २५ गतेसम्मलाई बैठक स्थगित भयो ।’

Vianet communication

जबरालाई सोध्न समितिले ४३ वटा प्रश्न तयार पारेकोमा ३ दिनमा जम्मा ११ वटा प्रश्नमाथिको बयान मात्र सकिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x