×

NMB BANK
NIC ASIA

अमेरिकी समाजको बढ्दो ध्रुवीकरण

बाइडन–ट्रम्प दन्तबझान : किन तीव्र रूपमा ध्रुवीकृत हुँदैछ अमेरिकी समाज ?

भदौ १९, २०७९

NTC
Sarbottam
Photo : ALEX WONG/SCOTT OLSON/GETTY IMAGES
Premier Steels
Marvel

विगत पाँच दिनमा अमेरिकाका बहालवाला र पूर्व राष्ट्रपतिबीचको शाब्दिक लडाइँ हेर्दा अमेरिकी समाज चरम ध्रुवीकृत भएको देखिएको छ । 

Muktinath Bank

बिहीवार (१ सेप्टेम्बर) राष्ट्रपति जो बाइडनले पेन्सिल्भेनिया राज्यको फिलाडेल्फियामा आयोजित एक समारोहमा सम्बोधन गर्दै डोनल्ड ट्रम्प र मेक अमेरिका ग्रेट अगेन (मागा) नारा घन्काउनेहरू अमेरिकी गणतन्त्रको आधारशिलामा आघात पुर्‍याउने अतिवादीहरू भएको बताए । उक्त सम्बोधनमा उनले देखाएको हाउभाउ तथा बोलेका शब्दहरू खतरनाक थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षी रिपब्लिकन पार्टी अहिले ट्रम्पको कब्जामा रहेको र त्यो कब्जा देशका लागि जोखिमपूर्ण भएको उनले बताए । मागा रिपब्लिकनहरूले संविधानको सम्मान नगर्ने, विधिको शासनमा विश्वास नगर्ने तथा जनताको आकांक्षालाई मान्यता नदिने काम गरिरहेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

बाइडनले सन् २०२० को निर्वाचन जितेदेखि नै ट्रम्प र उनका अनुयायीहरूले धाँधली गरेर ट्रम्पलाई हराइएको बताउँदै आएका छन् । चुनावमा डकैती गरिएको भन्दै उनीहरूलाई ‘स्टोलन इलेक्सन’ भन्ने गर्छन् । 

Vianet communication
Laxmi Bank

अझ, सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद्ले बाइडन राष्ट्रपति पदमा निर्वाचित भएको कुरालाई प्रमाणीकरण गर्न लाग्दा ट्रम्पसमर्थकहरूले संसद् भवनमा आक्रमण गरी घन्टौंसम्म उपद्रो मच्चाएका थिए । बाइडनले आफ्नो पछिल्लो सम्बोधनमा तिनै घटनाहरूलाई सन्दर्भ बनाउँदै ट्रम्पसमर्थकबाट देशलाई खतरा पुगेको बताएका हुन् । 

बाइडनको यो सम्बोधनको जवाफ ट्रम्पले शनिवार राति पेन्सिल्भेनियामै पुगेर फर्काएका छन् । विल्केस–बारे नामक स्थानमा एक भेलालाई सम्बोधन गर्दै उनले बाइडन राज्यको शत्रु भएको ठोकुवा गरे । बाइडनले विद्वेषपूर्ण, घृणास्पद र विभाजनकारी सम्बोधन गरेको ट्रम्पको दाबी छ । 

बाइडन र ट्रम्पका पछिल्ला सम्बोधनहरू उस्तै प्रकृतिका देखिन्छन् । दुवैले आफ्नो पक्षलाई विरोधी पक्षले जोखिममा पारेको बताए । अनि दुवैले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीका विरुद्ध जनतालाई उत्तेजित बनाउन प्रयास गरे । उनीहरूले विरोधीको खोइरो खन्दा समर्थकहरूले गडगडाहटका साथ ताली बजाए । 

लगभग दुई घन्टाको सम्बोधनमा उनले बाइडनसँगको पुरानो तिक्तताका सबै कुरा ओकलेका थिए । त्यसका अतिरिक्त फ्लोरिडास्थित मार–ए–लागो महलमा फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का अधिकारीहरूले अगस्ट महिनामा गरेको छापामारी तथा खानतलासीलाई लिएर पनि उनले बाइडनलाई तारो बनाएका थिए ।

राष्ट्रपति पदबाट हटेपछि ट्रम्पले सरकारका गोप्य दस्तावेज घर लगेको भन्दै खोजीका लागि एफबीआई ट्रम्पको घर पुगेको थियो ।

लोकतन्त्रलाई जोखिम दक्षिणपन्थीहरूले भन्दा पनि उग्रवामपन्थीहरूले पारेको ट्रम्पले सम्बोधनका क्रममा दाबी गरे । त्यसपछि उनले सन् २०२० को निर्वाचनमा धाँधली गरिएको आफ्नो आधारहीन आरोप दोहोर्‍याए । राष्ट्रपति पदबाट हटेदेखि ट्रम्पले गरेका सम्बोधनहरू यस्तै किसिमका उग्र र आक्षेपयुक्त लाग्छन् । 

बाइडन र ट्रम्पका पछिल्ला सम्बोधनहरू उस्तै प्रकृतिका देखिन्छन् । दुवैले आफ्नो पक्षलाई विरोधी पक्षले जोखिममा पारेको बताए । अनि दुवैले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीका विरुद्ध जनतालाई उत्तेजित बनाउन प्रयास गरे । उनीहरूले विरोधीको खोइरो खन्दा समर्थकहरूले गडगडाहटका साथ ताली बजाए । 

यी सम्बोधनहरूको मर्म बुझ्दा कतकता बाइडन र ट्रम्प अझै पनि सन् २०२० को चुनावी अभियानको धङधङीबाट मुक्त हुन नसकेको देखिन्छ । 

द न्युयोर्क टाइम्समा पिटर बेकरले बाइडन र ट्रम्पको सम्बोधनका बारेमा तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, अहिले बहालवाला र पूर्व राष्ट्रपतिको हैसियत परिवर्तन भए पनि त्यही पुरानो चुनावी अभियानको पुनरावृत्ति भइरहेको आभास हुन्छ । 

अमेरिकामा विचारधारा, संस्कृति, अर्थशास्त्र, जाति, धर्म, दल र एकअर्काप्रतिको गुनासो पहिलेजस्तै ध्रुवीकृत रहेको बेकर लेख्छन् । बाइडन र ट्रम्पको दन्तबझानमा प्रतिबिम्बित अमेरिकाको यो राजनीतिक ध्रुवीकरण अन्य क्षेत्रहरूमा पनि नकारात्मक रूपमा प्रवेश गरिसकेको संकेत बेकरको भनाइबाट पाइन्छ । यस्तो ध्रुवीकरणलाई अमेरिकी जनता स्वयंले स्वीकार गरिरहेका छन् । 

सम्मानित सर्वेक्षण संस्था प्युले कोभिडकालमा गरेको अध्ययनमा सहभागी ७७ प्रतिशत अमेरिकीहरूले देशमा विभाजित मानसकिता रहेको स्वीकार गरेका छन् । त्यतिखेर मास्क लगाउने र खोप हान्ने विषयमा अमेरिकीहरू विभाजित थिए । त्यो विभाजन राजनीतिक स्तरमा समेत देखिएको थियो ।

प्युले यस विभाजनको व्याख्या गर्दै अमेरिकाको दुईदलीय निर्वाचन प्रणालीका कारण सबै बहसहरू राजनीतिक संघर्षको एक अंग जस्तो देखिने भएकाले पनि अमेरिका चरम ध्रुवीकृत आभास हुने गरेको उल्लेख गरेको छ । यस्तो अवस्थामा राजनीति कि तँ छैनस्, कि म छैन भने जस्तो एकल विजेता खेल (जिरो सम गेम) जस्तो अनुभव हुन्छ । 

प्युको यस व्याख्याले अमेरिकी समाजको ध्रुवीकरण गहिरिएको देखाउँछ । 

निर्वाचित भएलगत्तै बाइडनले आफूलाई भोट नदिनेहरूका लागि पनि भोट दिनेलाई जत्ति नै काम गर्ने प्रतिज्ञा गरेका थिए । एक पक्षले अर्को पक्षलाई दानवीकरण गर्ने यो युग अन्त्य हुनुपर्ने उनको भनाइ थियो । तर अहिले लगभग दुई वर्षपछि ट्रम्प र उनका समर्थकहरूलाई अमेरिकाका लागि खतरा भनी बाइडनले चित्रित गरेर दानवीकरणलाई मलजल गरिरहेको देखिन्छ । 

बाइडनले ट्रम्प र मागा रिपब्लिकनहरूलाई गरेको यो सत्तोसराप अमेरिकाका विद्यमान समस्याबाट ध्यान भड्काउने प्रयास पनि हुन सक्छ । अमेरिकामा सामान्य मानिसका लागि जीवनयापन गर्न नै समस्या हुने गरी चर्किएको महंगी तथा घरजग्गा कारोबारमा आएको मन्दी लगायतका समस्याले गर्दा बाइडनको समर्थन सूचकांक लगातार गिर्दो छ । 

अझ त्यसमाथि अमेरिकी जनताको समस्या समाधान नगरी युक्रेनलाई अर्बौं डलरको सहायता गर्न बाइडन तम्सिएकाले रिपब्लिकन मात्र नभई स्वतन्त्र मतदाताहरू पनि उनीसँग चिढिएका छन् । 

त्यसैले ट्रम्प समर्थकहरूबाट हुने खतरा देखाएर बाइडनले अमेरिकाको लोकतन्त्रको जगेर्ना गर्ने डेमोक्रेटहरू नै हुन् भनी सन्देश दिन खोजेका हुन सक्छन् । आफ्नो सम्बोधनमा उनले ३१ पटक लोकतन्त्र शब्दको उपयोग त्यसै गरेका हैनन् । 

अनि रिपब्लिकनहरूले प्रतिनिधित्व गर्ने अमेरिकाको कन्जर्भेटिभ तप्काले गर्भपातविरोधी अभियानमा सफलता पाएकाले पनि निराशाका कारण बाइडनले उक्त सम्बोधनमा रौद्र रूप तथा कठोर शब्द उपयोग गरेका हुन सक्छन् ।    

उता ट्रम्पले आफूलाई राजनीतिक संस्थापनभन्दा बाहिरका व्यक्तिका रूपमा पहिलेदेखि नै चित्रण गर्दै आइरहेका छन् । बाइडन जस्ता संस्थापन पक्षका राजनीतिकर्मीहरूले आफूलाई सताउने गरेको भनी आफूप्रति अमेरिकाको सहानुभूति जगाउने प्रयास गरेका हुन् । बाइडनले एफबीआई र डिपार्टमेन्ट अफ जस्टिस पठाएर आफूहरूमाथि आक्रमण गरेको ट्रम्पले पछिल्लो सम्बोधनमा बताए । 

आफूलाई चुप लगाउन खोजिएको र आफ्ना समर्थकहरूलाई पनि चुप लगाउन खोजिएको उनको भनाइ छ । तर तपाईंहरू चुप लाग्नुहुन्न है भनी ट्रम्पले उनीहरूलाई भड्काउन कोशिश गरेको देखिन्छ । 

यसरी शीर्ष तहका नेताहरूले एकअर्काविरुद्ध समर्थकहरूलाई उत्तेजित बनाउन खोज्दा अमेरिकामा गृहयुद्ध समेत चर्किने खतरा बढेको छ । पंक्तिकारले गृहयुद्धको जोखिमका विषयमा अघिल्लो लेखमा टिप्पणी गरिसकेको छ ।

पढ्नुहोस्, यो पनि :

गृहयुद्धको सम्भावनाका बारेमा अमेरिकी जनता स्वयं डर मानिरहेका छन् । यूगोभ र दी इकोनोमिस्टले गत साता सर्वाजनिक गरेको सर्वेक्षणमा सहभागी ४० प्रतिशतभन्दा बढी अमेरिकीहरूले आगामी एक दशकमा अमेरिका गृहयुद्धमा फस्ने आशंका व्यक्त गरेका छन् । यसअघिका अन्य सर्वेक्षणमा पनि त्यस्तै किसिमका निष्कर्ष पाइन्थे । 

गत साता नै अमेरिकाको साउथ क्यारोलाइनाका सिनेटर लिन्डसे ग्राहमले ट्रम्पलाई गोप्य दस्तावेज घर लगेको विषयमा अभियोजन गरिएमा सडकमा दंगा मच्चिने बताएका थिए । बहालवाला सांसदले यसरी हिंस्रक कुरा गरेको भनी उनको आलोचना भए पनि अहिलेको जस्तो ध्रुवीकरण कायम रहेमा दंगा र हत्याहिंसाले आगामी दशकमा गृहयुद्धकै रूप लिन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

गत साता प्रकाशित क्विन्निप्याक विश्वविद्यालयको सर्वेक्षणमा ६९ प्रतिशत डेमोक्रेट र ६९ प्रतिशत नै रिपब्लिकनहरूले लोकतन्त्र धराशायी हुने जोखिममा परेको बताएका छन् । त्यसरी लोकतन्त्र धरापमा पार्नका लागि डेमोक्रेटहरूले ट्रम्प र मागा रिपब्लिकनलाई दोषी देखाएका छन् भने रिपब्लिकनहरूले बाइडन र समाजवादी डेमोक्रेटहरूलाई यसका लागि दोषी मानेका छन् ।

त्यस सम्भावनालाई थप पुष्टि गर्ने गरी अमेरिकाको लोकतन्त्र नै धरापमा परेको विश्लेषण स्वयं अमेरिकीहरूले गर्न थालेका छन् । विशेषगरी अमेरिकाको सर्वोच्च अदातलले प्रख्यात रो विरुद्ध वेड मुद्दाको फैसला उल्ट्याउँदै महिलाको गर्भपातको अधिकार खोसेपछि लोकतन्त्र धरापमा पारिएको विश्लेषण भइरहेको हो । 

इन्टरनेसनल इन्स्टिच्युट फर डेमोक्रेसी यान्ड इलेक्टोरल असिस्टेन्स नामक युरोपेली थिंकट्यांकले अमेरिकाको लोकतन्त्र कमजोर बनेको (ब्याकस्लाइडिङ) पोहोर साल नै दाबी गरेको थियो । काला जातिका व्यक्ति जर्ज फ्लोयडलाई गोरा प्रहरी अधिकारीले घाँटी थिचेर गरेको हत्या तथा ट्रम्प समर्थकहरूले संसद् भवनमा गरेको उपद्रो लगायतलाई आधार बनाउँदै उक्त संस्थाले अमेरिकी लोकतन्त्रका आधारशिलाहरू हल्लिन थालेको निष्कर्ष निकालेको हो ।

गत साता प्रकाशित क्विन्निप्याक विश्वविद्यालयको सर्वेक्षणमा ६९ प्रतिशत डेमोक्रेट र ६९ प्रतिशत नै रिपब्लिकनहरूले लोकतन्त्र धराशायी हुने जोखिममा परेको बताएका छन् । त्यसरी लोकतन्त्र धरापमा पार्नका लागि डेमोक्रेटहरूले ट्रम्प र मागा रिपब्लिकनलाई दोषी देखाएका छन् भने रिपब्लिकनहरूले बाइडन र समाजवादी डेमोक्रेटहरूलाई यसका लागि दोषी मानेका छन् ।

यसरी लोकतन्त्र कमजोर बन्दै जाने, राजनीतिक दलका नेताहरूले विरोधीको दानवीकरण गर्ने र फरक विचारधारा भएकाहरू सभ्य बहसको साटो हत्याहिंसा गर्न समेत तम्सिने स्थिति आएकाले अमेरिकाको ध्रुवीकरण पुर्न नसकिने खाडलमा परिणत हुन थालेको देखिन्छ । यस विभाजनले देशलाई गृहयुद्धतर्फ धेकेल्ने पृष्ठभूमि तयार पारिरहेको आभास हुन्छ ।​

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x