२१ जेठ २०८३, बिहीबार

नबिल बैंक र दराजबीच दशैं धमाका महोत्सवका लागि सम्झौता

नबिल बैंक र दराजबीच दशैं धमाका महोत्सवका लागि सम्झौता

नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिँदै गरेको दशैंलाई ध्यानमा राखी यही भदौ २९ गतेदेखि दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरूलाई आकर्षक छुटको व्यवस्था गरेको छ । 

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २ हजारसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

दराज दशैं धमाका २०७९ का  लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए । रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैँमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरूलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए । महोत्सवले दराज साथै नबिल कार्डवाहक माझ छुट्टै उत्साह थपिने कुरामा आफू विश्वस्त रहेको दराजका अरुण फुयालले बताए । 

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभरि २३३ शाखाहरू र २६९ एटिएम काउण्टरहरू रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको शुरुवात गर्दै आफ्नोे व्यवसायलाई ग्राहकहरूको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्