०६ साउन २०८३, बुधबार
गठबन्धनको बैठक

गठबन्धनमा सिट बाँडफाँटको कुरो मिलेन, दुई दिन कार्यदलले तयारी गर्ने

गठबन्धनमा सिट बाँडफाँटको कुरो मिलेन, दुई दिन कार्यदलले तयारी गर्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सिट बाँडफाँटको कुरा नमिलेपछि बिना निश्कर्ष बैठक सकिएको छ । शीर्ष नेताहरू सम्मिलित बैठकले सिट बाँडफाँटबारे ठोस धारणा बनाउन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

कुन दलले कति सिट पाउने भन्ने नै टुंगो लाग्न नसकेपछि कार्यदलले तयारी गर्ने सहमति बनेको बैठकमा सहभागी ती नेताले बताए । कार्यदलको बैठक भदौ २० मा बस्ने र तयारी गरेर शीर्ष नेतालाई जानकारी गराउने सहमतिसहित आइतवारो बैठक सकिएको ती नेताले बताए । 

बैठकबाट बाहिरिएपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बैठक निश्कर्षमा पुग्न नसकेको बताए । सोमवार र मंगलवार कार्यदलले तयारी गरेर शीर्ष नेतालाई जानकारी गराउने उनले बताए । 

कार्यदलले दुई दिनमा गर्ने तयारीले सिट बाँडफाँटको विषयलाई टुंगोमा पु¥याउने मन्त्री कार्कीको दाबी छ । 

गठबन्धनमा रहेका नेताहरूले धेरै संख्यामा सिट दाबी गरेको कारण बैठक निश्कर्षमा पुग्न नसकेको उनले बताए । ‘बैठक जारी छ । भोलि १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेश गर्छौं’, बैठकबाट बाहिरिएपछि कार्कीले भने । 

‘हिजो अस्तिको अवस्थाभन्दा खासै प्रगति भएको छैन । कुन दलले कति सिट पाउने भन्ने नै यकिन भएको छैन’, बैठकमा सहभागी अर्का एक नेताले भने । 

गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै छलफल गरेका थिए । 
उक्त छलफलमा जित हारको सुक्ष्म अध्ययन गरेर मात्रै सिट र निर्वाचन क्षेत्र बाँडफाँट गर्नुपर्नेमा दुई नेता सहमत भएको बताइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्