×

NMB BANK
NIC ASIA

गठबन्धनको बैठक

गठबन्धनमा सिट बाँडफाँटको कुरो मिलेन, दुई दिन कार्यदलले तयारी गर्ने

भदौ १९, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सिट बाँडफाँटको कुरा नमिलेपछि बिना निश्कर्ष बैठक सकिएको छ । शीर्ष नेताहरू सम्मिलित बैठकले सिट बाँडफाँटबारे ठोस धारणा बनाउन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

Muktinath Bank

कुन दलले कति सिट पाउने भन्ने नै टुंगो लाग्न नसकेपछि कार्यदलले तयारी गर्ने सहमति बनेको बैठकमा सहभागी ती नेताले बताए । कार्यदलको बैठक भदौ २० मा बस्ने र तयारी गरेर शीर्ष नेतालाई जानकारी गराउने सहमतिसहित आइतवारो बैठक सकिएको ती नेताले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकबाट बाहिरिएपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बैठक निश्कर्षमा पुग्न नसकेको बताए । सोमवार र मंगलवार कार्यदलले तयारी गरेर शीर्ष नेतालाई जानकारी गराउने उनले बताए । 


Advertisment
Nabil box
Kumari

कार्यदलले दुई दिनमा गर्ने तयारीले सिट बाँडफाँटको विषयलाई टुंगोमा पु¥याउने मन्त्री कार्कीको दाबी छ । 

Vianet communication

गठबन्धनमा रहेका नेताहरूले धेरै संख्यामा सिट दाबी गरेको कारण बैठक निश्कर्षमा पुग्न नसकेको उनले बताए । ‘बैठक जारी छ । भोलि १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेश गर्छौं’, बैठकबाट बाहिरिएपछि कार्कीले भने । 

‘हिजो अस्तिको अवस्थाभन्दा खासै प्रगति भएको छैन । कुन दलले कति सिट पाउने भन्ने नै यकिन भएको छैन’, बैठकमा सहभागी अर्का एक नेताले भने । 

गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै छलफल गरेका थिए । 
उक्त छलफलमा जित हारको सुक्ष्म अध्ययन गरेर मात्रै सिट र निर्वाचन क्षेत्र बाँडफाँट गर्नुपर्नेमा दुई नेता सहमत भएको बताइएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x