२७ जेठ २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट न्यौपाने निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट न्यौपाने निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरको हेटौडा उपमहानगरपालिका समिति संयोजकलाई निलम्बन गरेको छ । संयोजक सन्तोष न्यौपानेलाई फेसबुकमा पार्टीको मूल सिद्धान्त, विचार, धारणा र नीति विपरीत हुनेगरी अभिव्यक्ति दिएको अभियोगमा निलम्बन गरिएको हो । 

पार्टीका केन्द्रीय प्रवक्ता मुकुल ढकालले बागमती प्रदेशबाट निलम्बनको सिफारिस भएअनुसार पार्टीको विधानको धारा ५६ बमोजिम सदस्यता र पद निलम्बन गरिएको उल्लेख गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्