रुसको अर्थ मन्त्रालयले गत अगस्ट महिनामा तेल र ग्यासबाट प्राप्त राजस्व अपेक्षा गरेभन्दा निकै बढी भएको जनाएको छ ।
अगस्ट महिनामा मात्र रुसले ८५.९ अर्ब रुबल कमाएको थियो । त्यो भनेको १.४ अर्ब डलर हो ।
युक्रेन युद्धका कारण पश्चिमले रुसमाथि कठोर प्रतिबन्ध लगाएको भए पनि रुसले ऊर्जा बेचेर कीर्तिमान कमाइ जारी राखेको छ ।