२९ जेठ २०८३, शुक्रबार

युवा क्रियटरहरूको लागि बनाइएको फोन सामसङ ग्यालेक्सी ए१३ नेपाली बजारमा

युवा क्रियटरहरूको लागि बनाइएको फोन सामसङ ग्यालेक्सी ए१३ नेपाली बजारमा

सामसङले आफ्नो लामो प्रत्याशित सामसङ ग्यालेक्सी ए१३ नेपाली बजारमा सार्वजनिक गरेको छ ।  

यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीले जनाएको छ ।

यसले सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको कम्पनीले जनाएको छ । 

क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेसजस्ता विशेषता समावेश छन् । 

आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने  क्रियटरहरूको माग पूरा गर्नको लागि यो एक उत्तम कम्बो रहेको कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार ग्यालेक्सी ए१३ ले यी युवा क्रियटरहरूलाई सबै हाइ–एण्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र यसको शक्तिशाली प्रोसेसर सहितको फोन उचित मूल्यमा दिन्छ । 

क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मेन क्यामेरा छ जसमा ५ एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ र म्याक्रो सेन्सरहरू छन्, साथै अगाडि ८ एमपी सेन्सरहरू छन् । 

यसको १५ वाट फास्ट चार्जिङ र ५००० एमएएच ब्याट्रीको साथ, ब्याट्री लाइफ एक वा दुई लामो  रेकर्डिङ सेसन्को लागि समस्या हुँदैन किनभने यस फोनमा ब्याट्रीहरू लामो समयसम्म टिक्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,‘सामान्यतया प्रयोग गर्दा दुई दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्दछ। भ्लोग्गिंग  वा कामको लागि लामो समयसम्म आफ्नो फोनमा हुन आवश्यक छ, त्यो समयमा यो निक्कै काममा आउछ ।’

कम्पनीका अनुसार, ग्यालेक्सी ए१३को शुरूवाती मूल्य २१ हजार ४९९ रुपैयाँ रहेको छ । 

ग्यालेक्सी ए१३ मा भएको स्टोरेजको विकल्पहरूले सामान्य रूपमा तपाइँको डेटा र कन्टेन्टकोलाइ राम्रो ब्याकअप बनाउँछ। मेमोरी कार्ड स्लटको समावेशको साथ यसको पहिले नै ठूलो आन्तरिक स्टोरेज क्षमता विस्तार गर्ने विकल्पको साथ, स्टोरेज स्पेसलाई १ टीबीसम्म विस्तार गर्न सक्नेछ । 

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने,‘गेमिङ जस्ता उच्च प्रदर्शन गतिविधिहरूको लागि सबैभन्दा धेर्रै आवश्यक परेको बेला तपाईंको र्यामलाई बढावा दिन र्याम प्लस जस्ता नयाँ युग सुविधाहरूको परिचय दिएर उत्कृष्ट समग्र अनुभव प्रदान गर्नमा केन्द्रित छौं ।’

salt training

कमेन्ट गर्नुहोस्