३१ असार २०८३, बुधबार

नेप्से परिसूचकमा २१.१६ अंकले गिरावट

नेप्से परिसूचकमा २१.१६ अंकले गिरावट

पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ । सोमवार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलवार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ ।

मंगलवार कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख ९ हजार कित्ता शेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटेपनि कारोबारमा भने सामान्य सुधार भएको छ । सोमवार ९० करोड ९९ लाखको मात्रै कारोबार भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ । बाँकी वित्त उपसमूहको परिसूचक २.१२ प्रतिशत र जलविद्युत् उपसमूहको परिसूचक २.०५ प्रतिशतले घटेको छ । 

मंगलवार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य करिव १० प्रतिशत बढेको छ । सानिमा माई हाइड्रोपावरको शेयर मूल्य ७.३२ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ६ प्रतिशत घटेको छ । मंगलवार हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्