२६ असार २०८३, शुक्रबार

साफ महिला च्याम्पियनसीपः नेपालको विजयी शुरुआत

साफ महिला च्याम्पियनसीपः नेपालको विजयी शुरुआत

काठमाडौंमा मंगलवारदेखि शुरु भएको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो । 

सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतको समान दुई गोलमा घरेलु टोली सुखद शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । 

चोटपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी साम्बाले खेलको १२ औँ मिनेटमा गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाइन् । साम्बाले राष्ट्रिय टोलीका लागि ३९ गोल गरेकी हुन्। भुटानविरुद्ध नवौँ गोल गरेकी हुन् । साम्बाले भुटानविरुद्ध लगातार चौथो खेलमा गोल गरिन् । 

दोस्रो हाफमा अर्को गोल थपिन् । खेलको ६८ औ साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन् । त्यस्तै, खेलको ७३औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन् । उनले नै खेलको ८४औँ मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारिन् । 

नेपालले दोस्रो खेलमा श्रीलंकासँग २७ गते खेल्ने तालिका छ ।

salt training

कमेन्ट गर्नुहोस्