०१ साउन २०८३, शुक्रबार

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै आज होला सहमति ?

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै आज होला सहमति ?

पाँच दलीय सत्तागठबन्धनको कार्यदलको बैठक बुधबार पनि बस्दैछ ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि सिटफाँडफाँडबारे सहमति जुटाउन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि बस्न लागेको हो । 

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम सकेसम्म बुधबार नै टुङ्ग्याउने कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उनको भनाइ छ । 

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको सचिव जोशीले बताए । कार्यदलको बैठक  साँझ ५ बजे  बस्नेछ ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक हेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्र बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । 

salt training

कमेन्ट गर्नुहोस्