१९ असार २०८३, शुक्रबार

कांग्रेसलाई पनि हामीले मिलाइरहनुपरेको छ : उपमहासचिव खतिवडा

कांग्रेसलाई पनि हामीले मिलाइरहनुपरेको छ : उपमहासचिव खतिवडा

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले अबको ५ वर्ष यही गठबन्धन कायम रहने बताएका छन् ।

विराटनगरमा बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले संघ र प्रदेशको निर्वाचनमा गठबन्धन प्रभावकारी हुने भएकाले चुनावपछि पनि गठबन्धन कायम रहने बताए ।
 
नेकपा एकीकृत समाजवादीले २४ सिटभन्दा माथि पाउनुपर्ने दाबी उनले गरेका छन् । १ नम्बर प्रदेशमा ६ सिटमा दाबी रहेको खतिवडाले बताए । स्थानीय तह निर्वाचनका क्रममा गठबन्धन दल कांग्रेस र माओवादीले आफ्नो पार्टीलाई धोका दिएको विषयमा गम्भीर समीक्षा भएको र अब धोका नदिने दुवै पार्टीले प्रतिबद्धता जाहेर गरेका कारण नेकपा एस पनि गठबन्धनलाई विश्वास गरेर अघि बढ्ने बताएका हुन् । 

१ नम्बर प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रमा आफ्नो पार्टीको दाबी रहने उनले बताए । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र समस्या देखिएका कारण सिट बाँडफाँटको काममा ढिलाइ भएको समेत उनले बताएका छन् ।

‘कांग्रेस भित्रको विवादलाई पनि गठबन्धनमा भइरहेका दलले मिलाएर लैजानुपरेको छ,’ उनले भने । उनले एमाले बाहेकको वाम एकता हुनसक्ने समेत बताए ।

‘एमालेसँग सहकार्य अहिले हुँदैन,’ उनले भने, ‘राजनीतिक सहकार्य पनि नभएकाले गठबन्धन हुने कुरा नै भएन ।’ 

salt training

कमेन्ट गर्नुहोस्