
सत्ता गठबन्धनको सिट भागबण्डाको मोडालिटी तय गर्न बनेको कार्यदलले आफ्नो प्रतिवेदन तयार गरेको छ। काँग्रेस नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन तयार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सञ्चारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेतृत्वले दिएको जिम्मेवारीअनुसार कार्यदलले प्रतिवेदन तयार गरेको जानकारी दिए ।
उनले बिहीबार ९ बजे पुनः अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्वलाई बुझाइने बताए । ‘जिम्मेवारीअनुसार आज हामीले प्रतिवेदन तयार गरेका छौँ । यो प्रतिवेदनलाई भोलि बिहान ९ बजे बस्ने बैठकबाट अन्तिम रुप दिनेछौँ ।’
गठबन्धन दलहरुले लिने सिट संख्या करिब करिब मिलेको बताउँदै उनले केही कुराहरुमा अझै छलफल बाँकी रहेको बताए । सबै कुरा मिलेपछि औपचारिक जानकारी गराइने उनको भनाइ छ