
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । काठमाडौैं जिल्ला अदालतले नेपाल प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।
१७ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोग लागेका लामिछानेविरुद्ध भदौ २१ गते प्रहरी वृत गौशालामा उजुरी परेको थियो । हाल क्यारेबियन लिग क्रिकेटका लागि उनी वेस्टइण्डिजमा रहेका छन् ।