लिज ट्रसले बेलायतको मध्यमवर्गीय परिवारलाई खुशी बनाउने निर्णय लिएकी छन् ।
प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै उनले बेलायतीहरूको जीवनयापन सहज बनाउनका लागि ऊर्जाको महसुल दुई वर्षका लागि २५ सय पाउन्ड मात्र तिरे पुग्ने निर्णय लिएकी हुन् ।
उनको यस निर्णयले घरपरिवार र पसलेलाई सजिलो हुने भएको छ ।
यो मूल्य निर्धारण कम्पनीले ग्राहकलाई कतिसम्म महसुल लिन पाउँछ भन्नेमा हो । तर ऊर्जाको उपयोगका आधारमा महसुल बढ्न पनि सक्छ ।
यसले बेलायत अब पुनः जीवाष्म इन्धन उपयोगमा फर्किने संकेत दिएको छ । नर्थ सीमा थप उत्खनन गरी तेल खोजिनेछ ।