२९ जेठ २०८३, शुक्रबार

आज बस्ने गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाउँछः प्रचण्ड

आज बस्ने गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाउँछः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार बस्ने बैठकले आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आज बस्ने गठबन्धनको बैठकले सिट बाँडफाँटबारे टुंगो लगाउने दाबी गरेका हुन् । 

उनले सत्तारुढ गठबन्धनमा सहमतिअनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुने बताए । ‘गठबन्धन सहमतिअनुसार नै हुन्छ । हामी सहमतिको नजिक पुगिसकेका छौँ । अरू नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हिजो नै हामीले टुंग्याउने स्थिति बनिसकेको थियो’, उनले भने, ‘कतिपय बेला मेरो, माधव नेपालजीको र प्रधानमन्त्रीको ज्यूको कार्यक्रम परेकोले पनि हिजो त्यति केन्द्रित भएर लाग्न पाएनौँ । ३ बजेदेखि हामी टुंग्याउने हिसाबले छलफल गर्नेछौँ । जटिल समस्या पैदा भएको छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्