१४ असार २०८३, आइतबार

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रवार साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । 

पूर्वतर्फ जाँदै गरेको भे१ख १९२५ नम्बरको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे७प ५४५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ । 

मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा मोटसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते भएकी छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्