
सत्ता गठबन्धनलाई सिट बाँडफाँड टुंगो लगाउन आज पनि बैठक बस्दै छ ।
आसान्न निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तामा रहेका दलहरूलाई सिट बाँडफाँडमा सकस परिरहेका बेला आज आइतवार पनि बैठक बस्न लागेको हो ।
आजको बैठक बिहान साढे ८ बजे बस्दैछ ।
निर्णायक भनिएको शनिबारको बैठकसमेत बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटको टुंगो लगाउन आज बिहान पुन: बैठक बस्न लागेको हो ।