२४ असार २०८३, बुधबार

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अलमुताइरीले गरे जिम्मेवारी छाडेको घोषणा

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अलमुताइरीले गरे जिम्मेवारी छाडेको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रमुख प्रशिक्षक पल छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गरेका हुन् ।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । आफ्नो सम्झौता अवधि बाँकी हुँदै उनले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । 

राष्ट्रिय टिममा रहेका खेलाडीले नै उनको विरोध गरेपछि उनी पद छाड्न बाध्य भएको बताइएको छ । १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्