१६ असार २०८३, मंगलबार

जनता प्रगतिशील र नेकपा संयुक्तले तालमेल गर्ने

जनता प्रगतिशील र नेकपा संयुक्तले तालमेल गर्ने

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तले आगामी निर्वाचनमा सहकार्य गर्ने समझदारी गरेका छन् । सोमवार दुवै पार्टीका अध्यक्षले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नेकपा संयुक्तले जनता प्रगतिशीलको चिह्नबाट निर्वाचनमा भाग लिने छ । नेकपा संयुक्तको चुनाव चिह्नसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले दुवै पार्टीले जनता प्रगतिशीलको चिह्नबाट निर्वाचन लड्ने समझदारी पत्रमा उल्लेख छ । जनता प्रगतिशीलको चिह्नबाट विजयी नेकपा संयुक्तका उम्मेदवारलाई ह्वीप नलगाउने विषयमा दुवै दलबीच समझदारी भएको छ । 

दुई दलले आपसी समझदारीमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन आयोगमा पेश गर्ने जनाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्