११ साउन २०८३, सोमबार

ग्लोबल आइएमइ क्यापिटल पनि अब एनपीएसमा आबद्ध

ग्लोबल आइएमइ क्यापिटल पनि अब एनपीएसमा आबद्ध

ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस)सँग सम्झौता गरेको छ । 

सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।   

जीआईसीएलले विगत ६ वर्षदेखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल–आईपीएस प्रणालीको प्रयोग गर्दै आएको छ । 

एनपीएसको उक्त सम्झौता पश्चात जीआईसीएलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएसअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछ । 

जस मार्फत डिभिडेण्ड भुक्तानी, डीपीको शुल्क संकलन, ट्रेड तथा मुचुअल फण्ड सम्बन्धी भुक्तानी लगायत आफ्ना विभिन्न प्रकारका भुक्तानी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरू बीच सोझै गर्न सक्ने कम्पनीले बताएको छ । 

पहिलो चरणमा जीआईसीएलले ‘रिक्वेस्ट टु पे डाइरेक्ट डेबिट’ अन्तर्गत विभिन्न संकलन तथा डिभिडेण्ड सम्बन्धी भुक्तानीहरूको कारोबारको थालनी गर्नेछ । 

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका ७३ गैर—बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।     
 

salt training

कमेन्ट गर्नुहोस्