२५ जेठ २०८३, सोमबार

महारानी एलिजाबेथको मृत्युपछि गणतन्त्रको लहर आउने दाबी

भदौ २८, २०७९
महारानी एलिजाबेथको मृत्युपछि गणतन्त्रको लहर आउने दाबी

बेलायतका उपनिवेश बनाएका कमनवेल्थ मुलुकहरू महारानी एलिजाबेथको मृत्युपछि धमाधम गणतन्त्र बन्दै जाने विज्ञहरूले बताएका छन् । 

अस्ट्रेलियादेखि बहमाससम्मका मुलुकमा गणतन्त्रवादी आन्दोलन उठ्न थालेका छन् । 

बार्बेडोस पोहोर साल गणतन्त्र बनेको थियो भने जमेका पनि त्यही बाटोमा हिँड्न खोज्दैछ । एन्टिगा यान्ड बार्बुडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले बेलायती राजालाई राष्ट्रप्रमुख बनाइरहने विषयमा मतदान गराउने बताएका छन् । 

इन्स्टिच्युट अफ कमनवेल्थ स्टडीजका निर्देशक प्राध्यापक फिलिप मर्फीले महारानी एलिजाबेथको मृत्युअघि नै गणतन्त्रको आवाज उठ्न थालेको भए पनि उनको मृत्युपछि त्यो चर्किने बताएका छन् । 

बेलायतले काला जातिका मानिसलाई दास बनाएको र उपनिवेशमा अत्याचार गरेको विषयमा क्षतिपूर्ति तिर्नुपर्ने माग उठिरहेको बेलामा गणतन्त्रवादी आवाज उठेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्