बैशाख ४, २०८०
रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको बारा- २ मा जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मे...
विराटनगर | भदौ २९, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘सेलिब्रेटी’ समेत चुनावी मैदानमा उत्रिसकेका छन् । उम्मेदवार बनेकामध्ये केही स्वतन्त्र छन् भने केही दलको झण्डा लिएर मैदानमा गएका छन् ।
मोरङको ३ नम्बर क्षेत्रमा रेखा थापाले चुनावी माहोल तताइरहेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेर थापाले घरदैलो अभियान थालेकी छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य हुन् । राजनीतिभन्दा नायिकाको रूपमा चिनिएकी अभिनेत्री थापासँग लोकान्तरकर्मी उत्तम पोख्रेलले गरेका कुराकानीको सम्पादित अंश :-
तपाईं कलाकारितामा स्थापित भइसक्नुभएको छ, राजनीतिमा आउनुको कारण के हो ?
– कलाकारिताबाट पनि पनि देशको सेवा गर्ने हो । परिभाषा फरक हो । मैले अभिनय गरेका चलचित्र पनि समाज परिवर्तन गर्ने खालका नै छन् । महिला हिंसाका विषय, दाइजो प्रथाको विषय लगायतका कूरीति, कुसंस्कारका विषयमा कुरा उठाइरहँदा सुनुवाइ भएन । चलचित्र भनेको समाजको ऐना हो तर मैले उठाएको आवाज सुनुवाइ भएन, फिल्ममा मात्रै पीडा, दुःख, कष्टका आवाज उठ्ने भए ।
राजनीति भनेको समाजको सबैभन्दा सर्वोत्कृष्ट सेवा गर्ने थलो हो । राजनीति व्यावसायिकीकरण भयो, राजनीतिमा गुण्डागर्दी, फोहोरी भएपछि त्यसलाई शुद्ध बनाउनुपर्यो । त्यसैले महिलाका, दलितका, पिछडिएका वर्गका आवाज उठाउनका लागि म राजनीतिमा आएको हो ।
मोरङको ३ नम्बर क्षेत्रमा ठूला दलकै हालीमुहाली छ । यस क्षेत्रमा तपाईंको जीत हुने आधारहरू के–के हुन् ?
– प्रतिस्पर्धा मेरो मनले गर्ने हो, प्रतिस्पर्धा गर्न नै यो पुस्ता डराउँछ भने यो पुस्ता कहिले जाग्छ ? १८ वर्षको उमेरदेखि यिनैलाई भोट हालेका हाल्यै छौं । मैले यिनै ठूला दलका नेताहरूलाई भोट हाल्दै गर्दा ३५–३६ वर्ष पुगिसके । यो पुस्ताले एकपटक जाग्नुपर्दैन ? हाम्रो पुस्ता बितिसक्यो । अब आउने पुस्ताका लागि हामी लाग्नुपर्छ । तपाईंले भन्नुहोला, संगठन खै भनेर । संगठनले काम गर्ने होइन नि, अब व्यक्तिले काम गर्ने हो । किन डराउने ? केका लागि डराउने ? नेपाली जनताले बुझिसकेका छन् । जहिल्यै नेपाली जनता बन्दी बस्नु हुँदैन । नेपाली भनेका त बहादुर हुन् । जनताको पहिचान दिने बेला आएको छ ।
वर्षाैंपछि युवाहरू जोसजाँगरसहित मैदानमा आएका छन् । युवालाई निराश बनाउनु भएन नि ! फेरि पनि युवालाई निराश बनाउने हो भने देश २० वर्ष पछाडि धकेलिन्छ ।
अहिलेसम्म हेर्दा भानुभक्त ढकाल र सुनिल शर्मासँग तपाईंको प्रतिस्पर्धा हुने देखिएको छ, जीत कतिको सहज छ ?
– उहाँहरू दुवै जना मेरा दाइहरू हुन् । मेरो प्रतिस्पर्धा दाइहरूसँग हुनै सक्दैन नि ! म यसअघि उहाँहरूको मतदाता पनि हो नि ! मेरो क्षेत्रका आमाबुवा, दाजुभाइ, दिदीबहिनीले भोट हालेर जिताएकाहरूबाट के पाए ? अघिल्लो पटक निर्वाचन जित्दै गर्दा तपाईंले गरेका वाचा कति पूरा भए ? सुकुम्वासी समस्या समाधान खै ? स्वास्थ्य शिक्षाको विकास किन भएन ? अब चुनावमा आउँदा कुन मुख लिएर आउनुहुन्छ ? मेरो प्रश्न भानुभक्त ढकालसँग हो । मेरो प्रश्न उहाँका कार्यकर्तालाई पनि हो । तपाईंहरू कार्यकर्ता नबन्नुहोस्, तपाईंहरूलाई लाज लाग्दैन ? आफ्नै नेतालाई प्रश्न गर्नुहोस् ।
अर्काे दाइको कुरा त मैले गर्नु नै पर्दैन होला । उहाँको प्रतिस्पर्धा मसँग कदापी हुनै सक्दैन । किनकि म उमेरले उहाँभन्दा सानो । म व्यापारी पनि होइन, यो प्रतिस्पर्धा न्याय र अन्यायको प्रतिस्पर्धा हो, यो भ्रष्टाचारी र स्वच्छ छवि भएका बीचको हो, यो प्रतिस्पर्धा नितान्त सेवा गर्ने र व्यापारी बीचको हो । मोरङको ३ नम्बर क्षेत्रका जनताले यो कुराको मूल्यांकन गर्नुपर्छ । हामी कसलाई जिताउने हो ? हामी व्यापारीलाई जिताउने हो कि भ्रष्टाचारीलाई जिताउने हो ? यो निर्णय गर्ने अधिकार जनताको हातमा छ । चुनाव जितेर जानेको मात्रै दोष छैन, यहाँ हामी भोट हाल्नेको पनि दोष छ । त्यसैले यसपटक सोच्ने बेला आएको छ ।
घरदैलोमा पुगिरहनुभएको छ, मतदाताहरूको माया कस्तो पाउनुभएको छ ?
– एकदमै राम्रो माहौल छ । धेरै माया पाएको छु । सबैभन्दा बढी बुवाआमा र युवाको माया पाएको छु, जसले मलाई माया गर्नुपर्ने हो, उहाँहरूले माया गरेपछि सक्किगो नि ! यसअघि जितेर गएकाहरूले काम नगरेपछि जनता धेरै आक्रोशित हुनुहुन्छ । हिजो गरेको धोकाको हामी हिसाबकिताब गर्छाैं भन्नुभएको छ । हाम्रो मत खेर गयो भन्ने पीडा उहाँहरूलाई छ । उहाँहरूले दिएको आशिर्वादले हौसला पनि मिलेको छ । उहाँहरू जागिसक्नुभएको छ । अब पनि तिनै चेहरालाई जिताउने हो भने त जनता नै खराब हुन् भनेर प्रमाणित गरिदिए हुन्छ तपाईंहरूले । अब पनि यो अवस्थामा पनि परिवर्तन गराउन सकेनौं भने त यो जुनीमा युवाहरू सायदै मैदानमा आउलान् ।
युवाहरूलाई निराश बनाउनु हुँदैन भन्ने मेरो आग्रह छ । पार्टीभन्दा माथि उठ्नुपर्यो । ५ वर्षसम्म हामीले पीडा सहनुबाहेक केही भएन, अब हामी यस्तो गल्ती गर्दैनौ भनेर मलाइ मतदाताले भन्नुभएको छ ।
राप्रपा र एमालेबीच चुनावी तालमेल भए तपाईं ६ नम्बर क्षेत्रमा जाने हल्ला पनि चलिरहेको छ, के यो साँचो हो ?
– होइन । मलाई यो माटोले बोलाएको हो । मलाई यहाँका देवीदेउताले बोलाएका हुन् । जब धर्तीमा अन्याय हुन्छ, तब धर्तीमा भगवान् आउनुहुन्छ रे क्या ! ३ नम्बर क्षेत्रका जनतालाई अन्याय भएको छ । यहाँका जनतालाई लुटेर बेककुब बनाएर, मूर्ख बनाएर कमाइरहेका छन् । म त्यो हुन दिन्न, त्यसका लागि पनि म आएको हुँ ।
तालमेलको कुरामा चाहिँ त्यति सजिलो छैन । हाम्रो कुनै दलसँग पनि चुनावी गठबन्धन हुँदैन । ठाउँ र परिवेश हेरेर हाम्रो चुनावी तालमेल हुनसक्छ । हाम्रो अध्यक्षज्यूको निर्वाचन क्षेत्रमा नै तालमेल नहुने सम्भावना बढी छ ।
फिल्ममा अभिनय गर्नुभन्दा राजनीति गर्न नै गाह्रो होला, होइन ?
– कहाँ त्यस्तो कुरा गर्नुभएको ? तपाईंहरूले यस्ता कुरा नगरिदिनु न ! फिल्म भनेको तपाईंहरूले जोक ठान्नुभएको छ । यहाँ राजनीतिभन्दा ठूलो खेलबाड हुन्छ । असल राजनीति गर्ने मान्छे मात्रै चलचित्रको उत्कृष्ट स्थानमा पुग्छ । राजनीतिभन्दा फिल्म गाह्रो कुरा हो । पर्दामा त्यत्रा मानिसहरूलाई सन्देश दिनु सामान्य कुरा होइन । हरेक कुराको आ–आफ्नो महत्त्व हुन्छ । राजनीति जनताको भावना बुझेर निःस्वार्थ भावले गर्ने हो तर फिल्ममा त बुझ्न गाह्रो छ नि ! राजनीति गाह्रो फिल्म सजिलो भन्ने परिभाषा प्लीज नबुझिदिनुहोला ।
त्यसो भए राजनीतिभन्दा फिल्म अप्ठ्यारो हो ?
– सजिलोभन्दा पनि एकअर्काका परिपुरक हुन् । सेवा गर्ने प्लेटफर्म मात्रै हुन् ।
तपाईंका चुनावी एजेन्डा के–के हुन् ?
– मैले कलेक्सन गरिरहेको छु । वडावडामा पुगेर मतदाताहरूसँग भेटेर उहाँहरूका समस्या टिपिरहेको छु । सबै वडामा पुगेर मात्रै घोषणापत्र बनाउँछु । महत्त्वपूर्ण कुरा चाहिँ यस क्षेत्रको स्वास्थ्य हो । मैले जितेको पहिलो शिलान्यास पनि त्यहीँबाट हुन्छ । यहाँ कोही बिरामी भयो भने विराटनगर लगिन्छ, त्यो रणनीतिक हिसाबले हो । किनभने नेता बनिरहनुपर्यो, व्यापार गरिराख्नुपर्यो । यहाँ किन अस्पताल बनेन ? यहाँका जनता बिरामी परे भने धरान जानुपर्यो कि विराटनगर । बिरामी पर्दा विराटनगर र धरान जानु नपर्ने म बनाउँछु । पूर्वाञ्चल विश्वविद्यालयलाई संसारभरका मानिसहरूलाई हेर्न आउने बनाउनुपर्ने छ । यसले गर्दा यस क्षेत्रमा पर्यटकहहरू आउँछन् । आयआर्जन पनि बढ्छ । पर्यटकहरू आउने योजना म बनाउँछु । पूर्वाचल विश्वविद्यालयमै डाक्टर पढ्न पाउनुपर्छ । गरीबका छोराछोरीले निजी कलेजमा गएर किन पढ्ने ? आफ्नै घरको भात खाएर थोरै खर्चमा नै डाक्टर पढ्न पाउने म बनाउँछु । यहाँ बेरोजगारको कुरा आइरहेका छन् । युवाहरूलाई स्वदेशमै रोजगारी दिनका लागि हामी उद्योगधन्दा खोल्न सक्छौं । म यो क्षेत्रका दिदीबहिनीलाई चुलोचौकोबाट माथि निकाल्न चाहन्छु । चुलोबाट थुतेर निकाल्छु । उहाँहरूलाई ८ घण्टा काममा लगाउन सक्छु । हामीले लामो समयदेखि महिला मुक्तिको कुरा गर्यौं, अब मैले जितेपछि महिलाहरूका लागि मोरङ ३ नम्बर क्षेत्र हेर्न जाऔं भन्ने बनाउँछु । शिक्षा र आयुर्वेदको हब बनाउन सक्छौं ।
तपाईं रिलमा एक्टिङ गरेर आउनुभएको, संसदमा त रियलमै एक्टिङ गरिरहेका छन् । त्यहाँ तपाईंको भूमिका के हुन्छ ?
– मैले रिलमा एक्टिङ गरिनँ । जे हो वास्तविकता त्यहीँ देखाएको छु । म जे बोल्छु, त्यो गरेर देखाउँछु । म गलत सपना देखाउँदिनँ । मेरो आत्मामा हरि छन् । म पनि पीडित हो । मलाई पनि पिडा दिएका छन् नि ! म पनि भिक्टिम भएको छु नि यो राजनीतिबाट । त्यसैले सबै पीडा म त्यहाँ बोल्छु ।
त्यसो भए जीत निश्चित छ ?
– मान्नुहोस् न ! मैले एक प्रकारले जितिसकें ।
खर्च त धेरै हुन्छ भन्छन् नि चुनावमा ?
– काम नगर्नेहरूले खर्च गर्दा हुन् । अब जनता १ किलो मासुमा बिक्री हुँदैनन् । सबै पढेलेखेका छन् । अब को कस्तो उम्मेदवार हो भनेर जनताले छुट्याउन सक्ने भएकाले खर्च गर्नु नै पर्दैन ।
रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको बारा- २ मा जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मे...
२८ पुस २०७९ मा ५८ सांसदको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्, नेकपा एमालेका लिला गिरी । तीन महिना सरकारको नेतृत्व गर्न नपाउँदै लुम्बिनीमा सत्ता परिवर्तनको खेल शुरू भएको छ । केन्द्रमा ब...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विगत एक महिनादेखि बारा- २ मा सक्रिय छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन उनको सक्रियता आफैं उम्मेदवार हुँदाको भन्दा कम छैन । यसअघि मंसि...
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका कारण चितवन क्षेत्र नम्बर २ को राजनीतिक माहोल तातेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उक्त क्षेत्रका निवर्तमान सांसद रवि लामिछानेको नागरिकता अवैध ठहर...
प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिइसकेका छैनन् । पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्रीले साढे दुई महिनामै फेरि संस...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...