०३ असार २०८३, बुधबार

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खाएकी शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खाएकी शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्साको भेडिहरवास्थित ने.रा. कन्या प्राथमिक विद्यालयकी शिक्षिका उर्मिला देवीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक पदमा करार नियुक्ति भई सरकारी लाभ लिएको भन्दै अख्तियारले उनीविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

शिक्षिका देवीले भारत बिहार विद्यालय परीक्षा समिति, पटनाबाट जारी भएको झुट्टा विवरणको नक्कली लव्धांक पत्र तथा प्रोभिजनल प्रमाणपत्र र तत्कालीन जिल्ला शिक्षा कार्यालय, पर्साबाट जारी भएको भनी झुट्टा अस्थायी अध्यापन अनुमति पत्र पेश गरेर जागिर खाएको अख्तियारको दाबी छ । 

उनले २०६६ साल फागुन २ गतेदेखि २०६७ साल असार २५ गतेसम्म उक्त विद्यालयमा अध्यापन गराएकी थिइन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्त भई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्