×

NMB BANK
NIC ASIA

एमसीसी चीनको प्रतिवाद गर्न आएको होइनः स्वर्णीम वाग्ले

भदौ ३१, २०७९

NTC
Premier Steels

अर्थविद् डा.स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लामो समयको प्रक्रियाबाट नेपालको चाहनामा एमसीसी आएको बताए । 

Muktinath Bank

उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरे पनि २०१७ देखि विवादमा आएको बताए । डा. वाग्लेले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुजी हुन थालेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एशियाली विकास बैंक, विश्व बैंक हो भन्ने मानसिकता रहेको उल्लेख गर्दै उनले नेपालले ४० वर्षको लागि १ प्रतिशत ब्याजमा ऋण पाउँदा समेत खर्च गर्न नसकेको बताए । उनले आफू सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर धेरै भौतिक पूर्वाधार बनाउने थिए? जस्तो लाग्ने गरेको बताए । उनले अब वैदेशीक दातृ निकायहरुले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको दाबी गरे । 


Advertisment
Nabil box
Kumari

‘नेपाल विकासोन्मुख देश हुँदैमा वैदेशिक सहयोगमा असर गर्दैन । नेपालले ४० वर्षको लोन १ प्रतिशत ब्याजमा पाउँदासमेत खर्च गर्न नसक्ने अवस्थामा छौँ । हामी सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर कति धेरै भौतिक पूर्वाधार बनाइन्थ्यो जस्तो लाग्छ । अब त्यो झ्याल बन्द हुनेवाला छ’, उनले भने, ‘अब धेरै ठूलो रकममा लोन पाउनेवाला छैनौं । विस्तारै नेपाल पनि माइक्रो अर्थतन्त्र राखेर निजी क्षेत्रको लगानी गर्ने चरणमा हामी पुग्दैछौँ । वैदेशिक ऋण कम हुँदै गएपछि बाहिर स्रोत खोज्नुपर्छ । त्यसपछि अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुन्छ ।’ 

Vianet communication

उनले अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नुपर्ने अवस्था आउनसक्ने बताए । डा. वाग्लेले त्यस्तो अवस्था भए अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुने बताए । उनले युवा पुस्तामा ३० वर्षमा मुलुकको प्रतिव्यक्ति आय ४ हजार डलर पु¥याउने गरी पाँच, ७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x