२७ जेठ २०८३, बुधबार

एमसीसी चीनको प्रतिवाद गर्न आएको होइनः स्वर्णीम वाग्ले

एमसीसी चीनको प्रतिवाद गर्न आएको होइनः स्वर्णीम वाग्ले

अर्थविद् डा.स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लामो समयको प्रक्रियाबाट नेपालको चाहनामा एमसीसी आएको बताए । 

उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरे पनि २०१७ देखि विवादमा आएको बताए । डा. वाग्लेले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुजी हुन थालेको बताए । 

नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एशियाली विकास बैंक, विश्व बैंक हो भन्ने मानसिकता रहेको उल्लेख गर्दै उनले नेपालले ४० वर्षको लागि १ प्रतिशत ब्याजमा ऋण पाउँदा समेत खर्च गर्न नसकेको बताए । उनले आफू सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर धेरै भौतिक पूर्वाधार बनाउने थिए? जस्तो लाग्ने गरेको बताए । उनले अब वैदेशीक दातृ निकायहरुले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको दाबी गरे । 

‘नेपाल विकासोन्मुख देश हुँदैमा वैदेशिक सहयोगमा असर गर्दैन । नेपालले ४० वर्षको लोन १ प्रतिशत ब्याजमा पाउँदासमेत खर्च गर्न नसक्ने अवस्थामा छौँ । हामी सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर कति धेरै भौतिक पूर्वाधार बनाइन्थ्यो जस्तो लाग्छ । अब त्यो झ्याल बन्द हुनेवाला छ’, उनले भने, ‘अब धेरै ठूलो रकममा लोन पाउनेवाला छैनौं । विस्तारै नेपाल पनि माइक्रो अर्थतन्त्र राखेर निजी क्षेत्रको लगानी गर्ने चरणमा हामी पुग्दैछौँ । वैदेशिक ऋण कम हुँदै गएपछि बाहिर स्रोत खोज्नुपर्छ । त्यसपछि अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुन्छ ।’ 

उनले अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नुपर्ने अवस्था आउनसक्ने बताए । डा. वाग्लेले त्यस्तो अवस्था भए अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुने बताए । उनले युवा पुस्तामा ३० वर्षमा मुलुकको प्रतिव्यक्ति आय ४ हजार डलर पु¥याउने गरी पाँच, ७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्