२२ जेठ २०८३, शुक्रबार

वनसंरक्षक शाहीलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

कात्तिक २०, २०७४
वनसंरक्षक शाहीलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडाैं, २१ पुस-ताप्लेजुङको खोकलिङमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई सहिद घोषणा गर्ने र उहाँको परिवारलाई रु १० लाख दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

जाजरकोट निवासी शाहीको वन संरक्षणका क्रममा नै वीभत्स हत्या भएको थियो । यसैगरी बैठकले खेल प्रशिक्षक वासुदेव भट्टराई (बाँके) र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कर्णबहादुर खड्काका परिवारजनलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । प्रशिक्षक भट्टराई र कार्यालय प्रमुख खड्काको हालै खेलकुद प्रतियोगितामा भाग लिन जाने क्रममा निधन भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी बैठकले काठमाडौँको बूढानीलकण्ठ नजिक राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना , एकीकृत सहरी विकास समिति गठन, टर्कीको राजधानी इस्तानबुलमा अवैतनिक वाणिज्यदूतमा कार्यरत फात्मा गुन्सेली मालाकोचको पदावधि थप र सडक सुधार तथा विस्तारका लागि एसियाली विकास बैंकबाट प्राप्त ऋण सहायताबापतको रु २० अर्ब २८ करोड स्वीकार गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्