×

NMB BANK
NIC ASIA

सामाजिक क्षेत्रमा ५४ हजार संस्थामार्फत साढे ७६ अर्ब रकम परिचालन

असोज ६, २०७९

NTC
Premier Steels

समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले परिषद्को आफ्नै भवन नहुँदा उद्देश्यअनुसारको कार्य सम्पदान गर्न कठिनाइ भएको गुनासो गरेका छन् । बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३औँ सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Muktinath Bank

सदस्य सचिव भट्टले सहज रूपमा छिटा काम सम्पन्न गर्नका लागि परिषद्को कार्यालयको स्थायी भवन व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । उनले परिषद्बाट आर्थिक वर्ष २०७८÷०७९ मा परिषद् र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबीच दुई वटा नयाँ साधारण सम्झौता भएको र २७ वटा सम्झौता नवीकरण भएको तथा परियोजना स्वीकृति १४ सय ५४ वटा भएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टले परियोजनाबाट सम्झौता, स्वीकृति र अनुमोदन गरी जम्मा ७६ अर्ब ५१ करोड ३ लाख १९ हजार ४१४ रुपैयाँ बराबरको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी स्वीकृति भएको पनि बताए । उनले राष्ट्रिय गैर सरकारी संस्थामा आवद्ध १ हजार ४८० वटा नवीकरण र आर्थिक वर्ष २०७८/०७९ को अन्त्य सम्ममा परिषद्मा आवद्ध कुल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ पुगेको बताए । उनले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको मूल्यांकन गर्नको लागि गत आर्थिक वर्षमा ३२ वटा र राष्ट्रिय गैर सरकारी संस्थाहरुको मूल्यांकनका लागि १०६ वटा टोली गठन भई कार्य शुरुवात भइसकेको पनि जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनले परिषद्को २०७८/०७९ को कुल स्वीकृत बजेट १८ करोड ३ लाखमध्ये १५ करोड ३३ लाख ८ हजार आय भएकोमा १४ करोड ६२ लाख १६ हजार खर्च भएको बताए । सदस्य सचिव भट्टले कुल स्वीकृत परियोजनाबाट १० हजार २ सय ५८ जनाले संघ संस्थाहरुमा प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै राष्ट्रिय गैर सरकारी संस्थाले कोभिड प्रतिकार्य सम्बन्धी कोभिडमा खर्च गर्नेगरी ६४ करोड २ लाख ९० हजार बराबरको रकम स्वीकृति गरिएको पनि बताए । 

Vianet communication

सदस्यसचिव भट्टले समाज कल्याण परिषद्ले टेण्डरको माध्यमबाट आईआरआर र उपसमितिको प्रतिवेदनअनुसार भाडा वृद्धि गरी आर्थिक अवस्था सुदृढ गरेको र परिषद् आत्मनिर्भर हुँदै गएको बताए । उनले सेवा छिटो छरितोका लागि परिषद्ले डिजिटलाइजेशनको शुरुवात गरेको बताए । 

भट्टले लामो समय यता अवरुद्ध रहेको एनजिओ, आईएनजिओको अनुगमन तथा मूल्यांकनको प्रक्रियाको निर्देशिका संशोधन गरी सुचारु रुपमा सञ्चालनमा ल्याएको बताए । उनले सामाजिक उद्यमशीलता लगायतका क्षेत्रमा सामाजिक संस्थाहरुलाई परिचालन गर्ने नीति लिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x