३० जेठ २०८३, शनिबार

रुसविरुद्ध बाइडनले गरे कठोर आलोचना

असोज ६, २०७९
रुसविरुद्ध बाइडनले गरे कठोर आलोचना

संयुक्त राष्ट्रसंघको साधारणसभालाई बुधवार सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसको कठोर आलोचना गरेका छन् । 

रुस साम्राज्यवादी भएको र उसले युक्रेन राज्य नष्ट गर्न खोजेको आरोप बाइडनले लगाए । अमेरिकाले द्वन्द्व नभई सहकार्य मात्र खोजेको बाइडनको भनाइ छ । 

त्यससँगै बाइडनले राष्ट्रसंघको सुरक्षा परिषद्का सदस्य विस्तार गर्ने र स्थायी सदस्यको भिटो पावर घटाउने प्रस्तावलाई समर्थन पनि गरे । 

रुसलाई कसैले पनि जोखिममा नपारेको र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपविरुद्ध आणविक चेतावनी दिएको पनि बाइडनको भनाइ छ । आणविक हतियार उपयोग गर्ने चेतावनी दिएर पुटिनले अप्रसारको सिद्धान्तलाई उल्लंघन गर्न खोजेको आरोप बाइडनले लगाए । 

यसअघि पुटिनले आफ्नो भूभागको रक्षाका लागि आणविक हतियार समेत प्रयोग गर्न सकिने बताएका थिए । तर उनले कुनै विशेष तारोको उल्लेख गरेका थिएनन् । 

salt training

कमेन्ट गर्नुहोस्