×

NMB BANK
NIC ASIA

काठमाडौं महानगरद्वारा उच्च अदालत पाटनको अन्तरिम आदेश बुझ्न अस्वीकार

असोज ६, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन्का सन्दर्भमा उच्च अदालत पाटनले गरेको अल्पकालीन अन्तरिम आदेश बुझ्न अस्वीकार गरेको छ । उच्च अदालत पाटनबाट रितपूर्वक म्याद जारी गर्न कर्मचारी खटे पनि काठमाडौं महानगरका कर्मचारीले म्याद बुझ्न अस्वीकार गरेका हुन् । ‘माथिको आदेश भन्दै कुनै पनि कर्मचारीले म्याद बुझ्न मान्नु भएन,’ रिट निवेदकमध्येका एक जनाले भने, ‘महानगरले म्याद तामेलीमा सहयोग गरिरहेको छैन ।’ 

Muktinath Bank

उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बुधवार म्याद तामेलीका लागि कर्मचारी पठाइएको लोकान्तरलाई बताए । महानगरले म्याद नबुझेपछि वडा कार्यालयमा म्याद तामेली गर्ने तयारी भइरहेको रिट निवेदक मध्येका एकले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं महानगरपालिकाको कार्यालयले टुकुचा खोला उत्खनन गर्ने नाममा स्थानीयका घर, पर्खाल, कम्पाउण्ड भत्काउन थालेपछि स्थानीय धमाधाम उच्च अदालत पाटनमा रिट लिएर गइरहेका छन् । ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कित्ता नम्बर ५४२ को २९०.२५ वर्ग मिटर क्षेत्रफलमा कानून बमोजिम २०६५ वैशाख ५ गते महानगरपालिकाको कार्यालयबाट नक्सा पास गराई घर निर्माण गरेको भन्दै उक्त घर जग्गालाई क्षति पुग्ने गरी कुनै कार्य नगर्नू/नगराउनू’ भन्ने आदेश माग गर्दै विश्व प्रकाश साखले उच्च अदालत पाटनमा रिट दिएका थिए । 


Advertisment
Nabil box
Kumari

न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासबाट असोज ५ गते विपक्षी काठमाडौं महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको थियो । अदालतले ‘कित्ता नम्बर ५४२ को जग्गालाई कुनै क्षति पुग्ने गरी कुनै कार्य नगर्नू/नगराउनू’ भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने÷नदिने सम्बन्धमा विपक्षीसमेतलाई दोहोरो छलफलका लागि असोज २६ गते पेशी तोकिएको छ ।

Vianet communication

अदालतले गरेको आदेशसहितको म्याद तामेलीमा अदालतबाट कर्मचारी गए पनि महानगरले भने बुझ्न नमानेको रिट निवेदकले बताए । 

यसअघि प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिले पनि दिएको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासबाट असोज २ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x