३० जेठ २०८३, शनिबार

उपराष्ट्रपति पुन र जर्मनीका राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति पुन र जर्मनीका राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जबीच बिहीवार शिष्टाचार भेटवार्ता भएको छ । बिहीवार अपराह्न उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो । 

भेटमा उपराष्ट्रपतिले नेपाल र जर्मनीबीचको ६ दशकभन्दा लामो औपचारिक सम्बन्ध प्रगाढ र सहयोगात्मक रहेको बताए । उनले जर्मनी नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताउँदै नेपाललाई गर्दै आएको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिए । 

भेटमा उपराष्ट्रपति पुनले नेपालले संक्रमणकालीन न्यायका कामलाई चाँडो सम्पन्न गर्ने कोशिस गरिरहेको बताए । उनले विभिन्न मुलुकको अनुभव लिँदै नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुने बताए । 

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले नेपाल जर्मनको नजिकको मित्र भएको बताएका थिए । उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले जर्मनीलाई गरेको सहयोगका लागि धन्यवाद दिए । उनले नेपालको संक्रमणकालीन न्यायका काम छिटो सम्पन्न गर्न आग्रह गर्दै नेपालको मौलिकतामा संक्रमणकालीन न्यायका काम सम्पन्न गर्न आग्रह गरेका थिए । उनले आगामी निर्वाचनपछि नेपालको संक्रमणकालीन न्यायको काम सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्